बिहीबार, असार १२,२०८२ 07:53:52
  • बिहीबार, असार १२,२०८२ 07:53:52
Global IME Bank Limited

धितोपत्र बोर्डले आइपीओको पाइपलाइनबाट हटायो १४ कम्पनी, धेरैजसो हाईड्रो

Hyundai Nepal
धितोपत्र बोर्डले आइपीओको पाइपलाइनबाट हटायो १४ कम्पनी, धेरैजसो हाईड्रो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनको अनुमतिको लागि पाइपलाइनमा रहेका १४ वटा कम्पनीलाई सूचीबाट हटाएको छ । जसमा धेरैजसो जलविद्युत कम्पनी रहेका छन् ।  

धितोपत्र बोर्डको उच्च स्रोतले दिएको जानकारीअनुसार पीपीए नगरिकन प्रक्रिया अघि बढाएका र नेटवर्थ ९० भन्दा तल रहेका कम्पनीहरुका लागि हालको लागि सूचीबाट हटाइएको हो । उक्त कम्पनीहरुले बोर्डको क्राइटएरिया पूरा गरेर पुनः आवेदन दिन सक्ने पनि बोर्डले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

धितोपत्र बोर्ड स्रोतका अनुसार पाईपलाइनबाट हटेको कम्पनीमा एकर्ड फर्माटिकल्स, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केवलकार, अर्किड होल्डिंग, प्रभु हेलिकप्टर, कान्तिपुर टिभी लगायत रहेका छन् । 

बोर्डले आईपीओ पाइपलाइनबाट हटाएका हाईड्रो कम्पनीहरुमा लाफिङ बुद्ध पावर नेपाल, याम्बालिङ हाईड्रोपावर, युनिक हाईड्रोपावर ,बेनी हाईड्रो, पुवाखोला वान हाईड्रो, सानिमा हाईड्रो, रिचेट हाईड्रोपावर रहेका छन् । 

*यसअघि प्रकाशित समाचारमा झापा इनर्जी लिमीटेडको आईपीओ समेत सेबोनको पाइपलाइनबाट हटेको विषय प्रकाशित भएकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ । झापा इनर्जीको आईपीओ सेबोनले पाइपलाइनबाट नहटाएको व्यहोरा समेत अनुरोध छ ।

सम्पादक

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.