शुक्रबार, श्रावण २९,२०८३ 11:04:16
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:04:16
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डले आइपीओको पाइपलाइनबाट हटायो १४ कम्पनी, धेरैजसो हाईड्रो

Prabhu Bank Limited
धितोपत्र बोर्डले आइपीओको पाइपलाइनबाट हटायो १४ कम्पनी, धेरैजसो हाईड्रो
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनको अनुमतिको लागि पाइपलाइनमा रहेका १४ वटा कम्पनीलाई सूचीबाट हटाएको छ । जसमा धेरैजसो जलविद्युत कम्पनी रहेका छन् ।  

धितोपत्र बोर्डको उच्च स्रोतले दिएको जानकारीअनुसार पीपीए नगरिकन प्रक्रिया अघि बढाएका र नेटवर्थ ९० भन्दा तल रहेका कम्पनीहरुका लागि हालको लागि सूचीबाट हटाइएको हो । उक्त कम्पनीहरुले बोर्डको क्राइटएरिया पूरा गरेर पुनः आवेदन दिन सक्ने पनि बोर्डले जनाएको छ ।  

CG Motors

धितोपत्र बोर्ड स्रोतका अनुसार पाईपलाइनबाट हटेको कम्पनीमा एकर्ड फर्माटिकल्स, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केवलकार, अर्किड होल्डिंग, प्रभु हेलिकप्टर, कान्तिपुर टिभी लगायत रहेका छन् । 

बोर्डले आईपीओ पाइपलाइनबाट हटाएका हाईड्रो कम्पनीहरुमा लाफिङ बुद्ध पावर नेपाल, याम्बालिङ हाईड्रोपावर, युनिक हाईड्रोपावर ,बेनी हाईड्रो, पुवाखोला वान हाईड्रो, सानिमा हाईड्रो, रिचेट हाईड्रोपावर रहेका छन् । 

*यसअघि प्रकाशित समाचारमा झापा इनर्जी लिमीटेडको आईपीओ समेत सेबोनको पाइपलाइनबाट हटेको विषय प्रकाशित भएकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ । झापा इनर्जीको आईपीओ सेबोनले पाइपलाइनबाट नहटाएको व्यहोरा समेत अनुरोध छ ।

सम्पादक

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.