काठमाण्डौ । दुई हाईड्रो कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेका छन् । आरती पावर कम्पनी र मेवा डेभलोपर्स लिमिटेडले आईपीओ जारी गर्न बोर्डमा फागुन ९ गते निवेदन दिएका हुन् ।
आरती पावरले अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३६ लाख कित्ता र मेवा डेभलोपर्सले १ करोड १२ लाख कित्ता आइपीओ जारी गर्न सेबोनसँग अनुमति मागेका हुन् ।
बोर्डबाट अनुमति पाएमा आरतीले ३६ करोड रुपैयाँ र मेवा डेभलोपर्सले १ अर्ब १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्नेछ । आरती पावरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल र मेवा डेभलोपर्सको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।