बुधबार, आश्विन २८,२०८३ 09:19:31
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:19:31
Bizshala
Global IME Bank Limited

हिम स्टार उर्जाले जेठ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने

Bizshala
हिम स्टार उर्जाले जेठ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २ लाख ७९ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो ।  

कम्पनीले गत जेठ ९ गते प्रति सेयर रू. १०० अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

जसमध्ये जारीपूँजीको ५ प्रतिशत अर्थात रु. १०० अंकित दरका १ लाख ८६ हजार ५ सय कित्ता ओखलढुङ्गा जिल्ला, खिजीदेम्बा गापा वडा न ८ साविक भुसिङ्गा गाविस वा सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गापा वडा न. २ साविक गोली गाविस वडा न.१,२,३,४,५ का स्थानिय वासिन्दाहरुका लागि र सर्वसाधारणका लागि छुट्टाइएको सेयरको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ९३ हजार २५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा असार १३ गते र ढिलोमा असार २९ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द जेठ १३ गते हुनेछ ।  

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले बिक्री प्रबन्धकको वेबसाइट वा सिटिजन्स बैंकको लिखुपिके शाखा, ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका–८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका–२ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।  

कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता सेयर जारी गर्नेछ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.