काठमाण्डौ । मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै कात्तिक २४ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।
सेबोनबाट अनुमति पाएसँगै कम्पनीले ४७ करोड ४ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ४७ लाख ४ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र आम सर्वसाधारणलाई गरी दुई चरणमा आईपीओ खुलाउने छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

