बुधबार, आश्विन २८,२०८३ 09:12:14
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:12:14
Bizshala
Global IME Bank Limited

सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटलसँग सम्झौता

Bizshala
सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटलसँग सम्झौता
New Office

काठमाण्डौ । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पूँजीको २० प्रतिशत आईपीओ सर्वसाधारणलाई निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ।  

यसका लागि सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग आईपीओसम्बन्धी सम्झौता सम्पन्न भएको छ। साउन ७ गते काठमाण्डौको होटल मेरियटमा भएको भएको उक्त सम्झौतामा कम्पनीका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आईपीओबाट संकलित रकमको प्रयोग नेपालमै पहिलोपटक अन्डरग्राउण्ड बेवल उत्पादन सुरु गर्न उपयोग गरिने कम्पनीले जनाएको छ । यसका साथै अत्याधुनिक प्रविधि प्रयोगगरी आल्मुनियम फर्नेन्स प्लान्ट जडान गर्ने लक्ष्य समेत कम्पनीले लिएको छ। यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ। यसका साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ।

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले बिगत १८बर्ष देखि केवल तथा तार उत्पादन गर्दै आईरहेको छ । आज भएको आईपीओ सम्झौता समारोहमा सारथी केबल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसालले भने, ‘यो सम्झौता नेपालको विद्युतीय पूर्वाधारलाई आधुनिकीकरणतर्फ अग्रसर गराउने हाम्रो अभियानमा एउटा महत्वपूर्ण मोड हो। अण्डर ग्राउण्ड केवल उत्पादनको विस्तार — जुन नेपालमै पहिलोपटक हुन गइरहेको छ — हामीले राष्ट्रिय आवश्यकता पूरा गर्न आन्तरिक समाधान उपलब्ध गराउने दिशामा ऐतिहासिक कदम चालेका छौं।’

यस्तै  सिटिजन्स क्यापिटलका सीईओ सबिर बादे श्रेष्ठले भने, ‘ूसारथी केवल इन्डष्ट्रीजसँगको यो सहकार्य हाम्रो लागि गौरवको विषय हो। यस आईपीओ परियोजनाले नेपालको केवल उत्पादन क्षमतामा उल्लेखनीय योगदान दिनेछ र लगानीकर्ताहरूका लागि पनि सुनौलो अवसर प्रदान गर्नेछ।’

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.