शुक्रबार, श्रावण २९,२०८३ 11:09:53
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:09:53
Bizshala
Global IME Bank Limited

मकरी गाड हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

Prabhu Bank Limited
मकरी गाड हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । मकरी गाड हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओको निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । जेठ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १८ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  

CG Motors

उक्त सभा काठमाण्डौको महाराजगंजमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा साँझ ५ बजे आयोजना हुनेछ । सभामा कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने र यसमा कम्पनी रजिष्टर्डको कार्यालयबाट संशोधन भएपश्चात सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सर्वसाधारणमा सेयर जारी भएपश्चात प्राप्त हुने पूँजीको उपयोग गर्ने र नियमनका्री निकायबाट कुनै संशोधन गर्न प्रस्ताव पारित भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।   

 कम्पनीले प्रति सेयर अंकित मुल्य रु.१०० अंकित दरका ५९ लाख ४० हजार कित्ताले हुन आउने रकम रु.५९ करोड ४० लाखबराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त समेत गरिसकेको छ ।  

मकरी गाड हाइड्रोपावर लिमिटेडद्वारा प्रबद्र्धित दार्चुला जिल्ला अपि हिमाल गाउँपालिकाको वडा नं। ५ स्थित मकरी खोलाको पानीको बहाव सदुपयोग गरी १० मेवा क्षमताको मकरी गाड जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादन गरिरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.