शनिबार, फाल्गुन १०,२०८१ 10:03:36
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:03:36
IME remit
Global IME Bank Limited

जलविद्युत आयोजनाका आईपीओ रोक्नु हुँदैनः सरोकारवाला

Hyundai Nepal
जलविद्युत आयोजनाका आईपीओ रोक्नु हुँदैनः सरोकारवाला
Nabil Bank Limited

काठमाण्डौ । सरोकारवालाले जलविद्युत आयोजनाका प्राथमिक सेयर निष्काशन रोक्न नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आईपीओ निष्काशन रोकिदा जलविद्युत विकासमै नकरात्मक प्रभाव परेको बताएका छन् ।  

२८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्न ६२ खर्ब लाग्ने देखिन्छ । नेपाल सरकारले ४२ वटा जलविद्युत र २ वटा सोलर परियोजनाको आईपीओ रोकिएको छ । करिब ५१ अर्ब बराबरको आईपीओ रोकिएको छ ।  

कार्यक्रममा इप्पान कार्यसमिति सदस्य सुपन जोशीले जलविद्युतमा लगानी र सेयर व्यवस्थापनमा देखिएका चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । जोशीले नेपाल सरकारले स्थानीय प्रभावित क्षेत्रका बासिन्दालाई बढीमा १० प्रतिशत सेयर दिनुपर्ने व्यवस्था रहेको छ । तर सरकारले प्राथमिक सेयरको स्वीकृत नदिदाँ स्थानियको गुनासो बढ्ने तर व्यवसायीले चाहेर पनि दिननसक्ने अवस्था रहेको बताइन् ।  

उनले लेखा समितिले २०८० पुस १२ गतेको निर्देशनका कारण आईपीओ रोकिएको उल्लेख गरिन् ।  

‘आईपीओबाट आउने पूँजी कम्पनीमा नआउँदा बैंक तथा वित्तिय संस्थाले ऋण रोक्ने गरेका छन्,’ जोशीले भनिन्,‘ठुलो परियोजनाको कल्पना गर्दा क्राउड फन्डिङ एउटा माध्यम हुने तर आईपीओमा जान नसक्दा ती सेयरधनीहरु समेत लगानी गर्न बाट पछि हट्ने अवस्था छ ।’

समयमा आयोजना नबन्दा लागत बढ्नुका साथै नेपाल विद्युत प्राधिकरणको पेनाल्टी लाग्ने गरेको सुनाइन् ।  

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाधेर राखिदिएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा १५ खर्ब लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् ।

नेपालमा उर्जा उत्पादकहरु १ मेगावाट सुरु गरेकोमा अहिले क्षमता बढाएर १००–२०० परियोजना निर्माण गर्न सक्षम रहेको अध्यक्ष कार्कीले बताए । उनले ठुला आयोजनाको लागि मात्रै वैदेशिक लगानीकर्ता ल्याउनुपर्ने बताए ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

संसदीय समिति र धितोपत्र बोर्डको कारण सर्वसाधरणलाई दिने सेयर रोकिएको बताए ।

‘सरकारले १० प्रतिशत सेयर स्थानिय तहलाई दिनुपर्छ भन्ने कानूनी व्यवस्था छ,’ अध्यक्ष कार्कीले भने,‘स्थानियले सेयर किन नदिएको भनी उत्पादकको गाडी फुटाइएको छ । धितोपत्र बोर्डले आईपीओ स्वीकृत नदिएसम्म उत्पादकले दिन सक्दैनौं।’

लेखा समितिको निर्देशनले आईपीओ निष्कासन रोकिएको बताउँदै अहिले सच्चाउनु पर्ने बताए ।  

‘संघिय संसदकै लेखा समिति र अर्थ समितिबीच नै मत बाँझिएको छ,’ उनले भने,‘हामी व्यवसायी आयोजनामा ध्यानदिनु पर्नेमा विभिन्न निकायमा धाउँदै ज जानु परेको छ ।’

सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि लेखा समितिले सहयोग गर्ने बताए । लेखा समितिको जलविद्युतको आईपीओ रोकिएको विषयमा बावविवाद भन्दा पनि समाधान गर्न लाग्नु पर्ने बताएका हुन् ।  

सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफल गरी समाधान गर्न सकिने बताए ।  

‘व्यवसायीहरुले सार्वजनिक लेखा समितिले गरेको निर्यणको विषयमा छलफल गर्नु पर्नेमा देखाइदिनको लागि आर्थिक समितिमा पुगेको देखिन्छ,’ सभापति पोखरेलले भने,‘समितिमा निवेदन दिएपछि छलफल गर्नुपर्छ ।’

डुबेका कम्पनीले पनि आईपीओ जारी गरिरहेको अवस्था रहेको बताए । उनले सबै कम्पनीलाई एउटै डालोमा हाल्न नमिले पनी विभिन्न ट्रेन्डकै अध्ययन गरी निर्णय गरेको बताए ।

‘हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेका हौं,’ पोखरेलले भने,‘स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो वा नाफाको प्रतिशत बाँडेको स्पष्ट हुनुपर्छ ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले प्राथमिक सेयर निष्काशन हुन नसक्दा समस्या भएको बताए । सार्वजनिक लेखा समितिले गरेको निर्णयमा अलमल भएको बताउँदै समितिमा पुनः छलफल हुने बताए ।  

उनले विश्वभर नै विकास निजी क्षेत्रले गरेको बताए ।  

‘निजी क्षेत्र भनेको जनता हो । निजी क्षेत्रलाई प्रवद्र्धन गर्न नेपाली कांग्रेसले सहयोग गर्छ,’ उनले भने,‘तर नियत नै ठगीको राखेर सेयर निष्काशन गर्नु हुँदैन नियमन हुनुपर्छ ।’

प्राथमिक सेयर निष्काशनको अवधारण राम्रो रहेको छ । सर्वसाधरणले लगानी गर्न पाउँछन् । थप आयोजना निर्माण हुने घिमिरे बताउँछन् ।  

‘आईपिओ निष्काशन हुनुपर्छ । सर्वसाधरणले लगानी गर्छन्,’ उनले भने,‘तर ठगिखाने भाँडो बनाएर आईपीओमै बदनाम गराउनु हुँदैन। यसले आईपीओमै लगानी आउँदैन ।’

नेपालले सौर्य उर्जालाई प्राथमिकता दिएर जानुपर्ने बताए । कार्यक्रममा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास सम्भव भएको बताउँछन् ।  

नेपाल आर्थिक पत्रकार संघले आयोजनाको विषयमा आईपीअ‍ेमा लगानी गर्दा जोखिम देखिएपनी नियमनगरी सेयर खोल्नु पर्ने बताए ।  

विद्युत प्राधिकरणले १२ हजारको विद्युत खरिद विक्री सम्झौता (पिपिए) गरेको बताएका छन् । हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भएपनि हिउँदा ११ सय मेगावाट मात्रै उत्पादन भएको छ ।

२८ हजार ५०० मेगावाट विद्युत पु¥याउनको लागि विद्युत प्राधिकरणले अझे पिपिए खोल्ने पक्षमा रहेको बताए ।  

‘हाल पिपिए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्,’ कार्यकारी निर्देशक घिसिङले भने,‘पिपिए गरी निर्माण नगर्ने तर नयाँ पिपिए गर्नुपर्ने माग राख्नु कति उचित हो ?’

प्राधिकरणसँग पिपिए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृति अन्त्य हुनुपर्ने बताए। नेपाल सरकारले भारतसंग सम्झौता गरेको क्रसबोर्डर प्रसारणलाइन सञ्चालन हुँदा भारतलाई आम्दानीको ग्यारेन्टी गरेको छ ।

नेपाल विद्युत प्रधिकरण ७ खर्बको सम्पत्ति राखेर बसेको भन्दै सर्वसाधरणका लागि प्राथमिक सेयर खोल्ने चरणमा रहेको बताए। प्राधिकरणले २० प्रतिशत सेयर जारी गर्ने तयारी गरिरहेको बताए ।  

त्यस्तै, विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले जलविद्युत आयोजनाको नियमन कुन संस्थाले गर्ने भन्ने विषयमा सरलीकरण गरिरहेको बताए ।  

जलविद्युतका आयोजनाले प्राथमिक सेयर निष्काशन गर्दा धितोपत्र बोर्ड, कम्पनी रजिष्टार र नियमन आयोगमा कागजपत्र बुझाउनु पर्ने व्यवस्थालाई सहजिकरण गर्न खोजेको बताएका हुन् ।  

‘जलविद्युत आयोजनाको प्राविधिक पाटो मात्रै हेछौं,’ आयोग अध्यक्ष धितालले भने,‘जलविद्युत उत्पादन हुन सक्छ की सक्दैन भन्ने विषयमा पूर्व अनुमति दिन्छौं। धितोपत्र बोर्डसंग मिलेर अहिलेको प्रक्रियालाई कसरी सहज बनाउन सकिन्छ भन्नेमा छलफल गछौं।’

त्यसैगरी, अर्थमन्त्रालयका सहसचिव श्याम प्रसाद भण्डारीले सरकारी संयन्त्रबीच समन्वयको कमी रहेको बताउँछन्। उनले निजी क्षेत्रको विकासका लागि सरकारी संयन्त्रले सहजिकरण गर्नुपर्ने बताए।  

नेपालमा नीतिगत अस्थिरता समस्या भएको स्वीकार गर्दै अर्थमन्त्रालयले लगानी प्रवद्र्धन गर्न सहजिकरण गर्नुपर्छ । अर्थमन्त्रालयले जलविद्युत आयोजनाको राजश्व, कर र सहुलियतको विषय बजेटबाटै व्यवस्था गरी अघि बढिरहेको बताए।  

नेपालको जलविद्युतका आयोजना विकास गर्नका लागि लगानीको समस्या भन्दा पनि व्यवस्थापनमा समस्या रहेको बताउँछन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.