आईतवार, भाद्र २३,२०८१ 07:04:14
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:04:14
IME remit
Global IME Bank Limited

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ निष्कासन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । भैरहवामा सञ्चिालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्य पदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले पूँँजीवृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता गरेको छ । यससम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा धुर्ब भट्टराईले हस्ताक्षर गरे ।

एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजनाअन्तरर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पूँजी जुटाउँदै पव्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशन गर्न परामर्श सेवा प्रदान गर्नेछ । एलिटले कम्पनीको पूँँजीवृद्धि, व्यवशाय विस्तार, वित्तिय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आईपीओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्नेछ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल १३ करोड चुक्तापूँजी रहेको लुम्बिनी हर्बोस्यूटिकल्समा नयाँ लगानीकर्ता थपिएसँगै पूँजीवृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गर्न लागिएको कम्पनीले जनाएको छ । पूँजीवृद्धिपछी कम्पनीले पव्लिक कम्पनीमा रुपान्तरण भई आईपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष डा. धुर्ब भट्टराईले जानकारी दिए ।  

रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले बिभिन्न ब्राण्डका करिब २ दर्जन आयूर्वेदजन्य औषधी तथा खाद्य पदार्थ उत्पादन गरिरहेको छ ।    

हालसम्म औषधीजन्य उद्योगहरु पव्लिक कम्पनीको रुपमा दोस्रो बजारमा छैनन । २ वटा औषधी उद्योगले आईपीओ जारी गर्नका लागि प्रक्रिया शुरु गरेका छन । तर, आयूर्वेद औषधी उद्योगको रुपमा लुम्बिनी दोस्रो बजारमा आउने पहिलो कम्पनी हुनेछ ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X