काठमाण्डौ । ह्वाइटगोल्ड मल्टी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो।
फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ३ गते बिहान ९ बजेदेखि काठमाण्डौको बागबजारस्थित होटल हार्दिकमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको जनाएको छ।
सभामा कम्पनीको आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गरी पारित गरिनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिने कार्यसूची रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।