शुक्रबार, आश्विन ४,२०८१ 02:09:40
IME remit
  • शुक्रबार, आश्विन ४,२०८१ 02:09:40
IME remit
Global IME Bank Limited

सेबोनमा आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको चाङ, पौने २८ अर्बको आईपीओ रोकियो

Hyundai Nepal
सेबोनमा आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको चाङ, पौने २८ अर्बको आईपीओ रोकियो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा लामो समयसम्म अध्यक्ष नहुँदा पौने २८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निष्कासन प्रक्रिया रोकिएको छ । गत पुष महिनादेखि धितोपत्र बोर्डमा स्थायी अध्यक्ष नहुँदा ३५ वटा कम्पनीको २७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन प्रक्रिया रोकिएको छ ।  

आइपीओ निष्कासनको अनुमति माग्दै तीन दर्जन कम्पनीले सेबोनमा निवेदन पेश गरेपनि अनुमति स्वीकृत गर्ने आधिकारिक व्यक्ति नहुँदा कम्पनीहरुले सेयर निष्कासन गर्न नपाएका हुन् ।  

हाल धितोपत्र बोर्डमा अर्थमन्त्रालयको प्रतिनिधि अध्यक्षको रुपमा महेश बराल छन् । लामो समये आइपीओ निष्कासनको अनुमति माग्दै बोर्डको पाइपलाइनमा रहेका कम्पनीको फाइल अगाडी बढाउने बरालले बताएका छन् । उनका अनुसार कम्पनीहरुको वित्तीय अवस्था हेरेर स्वीकृतिका लागि प्रक्रिया अगाडी बढाइनेछ भने नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरुको हकमा भने बोर्डले थप अध्ययन गर्नेछ ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

धितोपत्र बोर्डको पाइपलाइनमा अधिकांश हाइड्रोपावर कम्पनीहरु छन् । १७ वटा हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको लागि बोर्डमा निवेदन पेश गरेका छन् । १७ हाइड्रोले कुल ६ अर्ब ३१ करोड ५३ लाख रुपैयाँ बराबरको ६ करोड ४२ लाख १३ हजार कित्ता आइपीओ निष्कासनको लागि बोर्डसँग अनुमति मागेका छन् । हाइड्रो कम्पनीहरुले स्थानीय र सर्वसाधारण गरी दुई चरणमा आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् ।  

त्यस्तै, ५ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुले पनि आइपीओ निष्कासनको लागि बोर्डसँग अनुमति मागेका छन् । जसमा तीन सिमेन्ट कम्पनी र दुई उत्पादन कम्पनी रहेका छन् । पाँचवटै कम्पनीले प्रिमियममा आइपीओ जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । यी कम्पनीहरुले  १६ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको ५ करोड ४० लाख ४० हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेका छन् ।  

Sagarmatha Cement
Shivam Cement

त्यस्तै, ९ वटा कम्पनी भने अन्य समूहतर्फबाट रहेका छन् । जसमा डिस मिडिया नेटवर्क, एपेक्स हस्पिटालिटी, ह्याम्स हस्पिटल, अन्नपूर्ण केबलकार, प्युअर इनर्जी, अकर्ड फर्मास्युटिकल्स, ट्रेड टावर, कान्तिपुर टेलिभिजन र आइएमई लिमिटेड रहेका छन् । यी कम्पनीहरुले कुल २ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ बराबरको २ करोड ५४ लाख २५ हजार कित्ता आइपीओ निष्कासनको लागि निवेदन दिएका छन् ।  

यसका साथै होटल समूहतर्फबाट भने अर्किड होल्डिङ्स र होटल फरेष्ट इन रहेको छ । यी दुई होटलले पनि साधारण सेयर जारी गर्न सेबोनसँग अनुमति मागेका हुन् । अर्किडले १ अर्ब १५ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता र होटल फरेष्ट इनले ९८ करोड रुपैयाँको ९८ लाख कित्ता आइपीओ जारी गर्न सेबोनसँग अनुमति मागेको हो ।  

त्यस्तै, स्वस्तिक लघुवित्तले ८० लाख  रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ र बरुण इन्भेष्टमेन्ट लिमिटेडले २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् ।  

पाइपलाइनमा रहेका कम्पनीको वित्तीय अवस्था हेरेर फाइलहरु अगाडी बढाउने अध्यक्ष बरालले बताए । साथै ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको हकमा भने तत्कालै फाइल अघि नबढ्ने उनले बताएका छन् ।

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.