शुक्रबार, श्रावण २९,२०८३ 11:03:08
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:03:08
Bizshala
Global IME Bank Limited

३७ हाइड्रो कम्पनीको आइपीओ आउँदै, कुनको कति ?

Prabhu Bank Limited
३७ हाइड्रो कम्पनीको आइपीओ आउँदै, कुनको कति ?
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपीओ निष्कासनको अनुमति माग्दै कम्पनीको चाङ लागेको छ । सेबोनबाट आइपीओ निष्कासनको अनुमति स्वीकृत गर्न ढिलाई भएको कारण बोर्डमा निवेदन थुप्रिएको हो ।  

थप ४२ वटा कम्पनीहरुले प्राथमिक सेयर निष्कासको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । योसँगै बोर्डको पाइपलाइनमा आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको संख्या ७७ पुगेको छ ।  

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा कम्पनीहरुले समयमै धितोपत्र निष्कासन गर्न पाएका छैनन् भने सर्वसाधारणहरुले लगानी गर्नबाट बञ्चित भएका छन् । बोर्डमा पुर्व अध्यक्ष रमेश हमालको कार्यकाल गत पुष २० गतेबाटै सकिएपनि हालसम्म सरकारले बोर्डको लागि अध्यक्ष नियुक्ति गर्न सकेको छैन ।  

बोर्डमा आधिकारिक अध्यक्ष नहुँदा लामो समयसम्म अनुमित कुरेर बसेका कम्पनीले अझैपनि आइपीओ निष्कासनको स्वीकृति पाउन सकेका छैनन् । आइपीओ निष्कासनको अनुमति पखाईमा रहेका कम्पनीहरुमध्ये सबैभन्दा धेरै हाइड्रो सेक्टरका कम्पनीहरु रहेका छन् । १ वर्षदेखि हाइड्रोपावर कम्पनीहरु बोर्डमा निवेदन दिएर अनुमतिको पखाईमा रहेका छन् ।  

CG Motors

हाल धितोपत्र बोर्डको पाइपलाइनमा ३७ वटा हाइड्रोपावर कम्पनी अनुमतिको पखाईमा छन् । बोर्डको अध्यक्षमा अर्थमन्त्रालयको प्रतिनिधि गर्ने महेश बराल छन् । बोर्डमा अर्थको प्रतिनिधिको रुपमा अध्यक्ष रहेपनि आइपीओ स्वीकृतिको काम गर्न नसक्दा ३७ वटा हाइड्रो कम्पनी अनुमति कुरेर बस्न बाध्य छन् ।  

३७ वटा हाइड्रो कम्पनीको १५ अर्ब ७ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासको प्रक्रिया अघि सर्न सकेको छैन । एक वर्षदेखि कम्पनीहरुले प्राथमिक सेयर निष्कासन गर्न नपाउँदा सर्वसाधारणमा लगानीको वातावरण सिर्जना हुन सकेको छैन ।  

लामो समयसम्म आइपीओ निष्कासन नहुँदा कतिपय लगानीकर्ताको डिम्याट खाता समेत निष्क्रिय भइसकेको छ । यदि धितोपत्र बोर्डले पाइपलाइनमा रहेका कम्पनीको फाइल हेरेर धमाधम आइपीओ निष्कासनको अनुमति दिने हो भने ३७ वटा हाइड्रो कम्पनीको १५ करोड ७ लाख ९० हजार कित्ता आइपीओ निष्कासन हुनेछ ।  

बोर्डले धितोपत्र निष्कासनको कार्यलाई तिव्रता दिएमा लगानीकर्ताले अब रकम जोहो गर्नुपर्नेछ । हाइड्रो सेक्टरमा सर्वाधिक सिउरी न्यादी पावरले ३ अर्ब ३ करोड ६० लाख ७८ हजार रुपैयाँ बराबरको ३ करोड ३ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति मागेको छ ।  

बोर्डबाट स्वीकृति पाएमा हाइड्रो कम्पनीहरुले स्थानीय बासिन्दा र सर्वसाधारण गरी दुई चरणमा आइपीओ निष्कासन गर्नेछ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.