काठमाण्डौ । आयु मोलुङ हाईड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते काठमाण्डौको अनामनगरमा रहेको सिलौटो कटेजमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा प्राथमिक सेयर निष्कासन गर्ने, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, अन्य आयोजनामा लगानी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरणहरु समत पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।