बुधबार, आश्विन २८,२०८३ 09:17:00
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:17:00
Bizshala
Global IME Bank Limited

शैलेश्वरी पावरले सर्वसाधारणमा आईपीओ जारी गर्ने

Bizshala
शैलेश्वरी पावरले सर्वसाधारणमा आईपीओ जारी गर्ने
New Office

काठमाण्डौ । शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी फागुन १० गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आईपीओबाट प्राप्त रकम उपयोगका बारेमा निर्णय लिने प्रस्ताव समेत पारित गरिनेछ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सभाले पारित गरेपछि आईपीओ निष्कासन गर्ने थप प्रक्रिया आगडि बढ्नेछ ।

यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने तथा उक्त अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ । सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि पारित हुनेछ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले निर्माण गरेको माथिल्लो गड्डीगाड जलविद्युत आयोजना डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकामा अवस्थित एक रन–अफ–रिभर प्रकृतिको जलविद्युत आयोजना हो।

यस आयोजनाले गड्डीगाड नदीको भरपर्दो बहाव उपयोग गरी स्वच्छ तथा नवीकरणीय विद्युत उत्पादन गर्दै राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। गड्डीगाड नदीको ४० प्रतिशत भरपर्दो बहाव रहेको छ र आयोजनाको डिजाइन बहाव २.०१ घन मिटर प्रति सेकेन्ड रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.