शुक्रबार, श्रावण २९,२०८३ 11:08:13
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:08:13
Bizshala
Global IME Bank Limited

युनाइटेड मेवाखोला हाइड्रोपावरले १ अर्ब ६१ करोडको आईपीओ ल्याउने

Prabhu Bank Limited
युनाइटेड मेवाखोला हाइड्रोपावरले १ अर्ब ६१ करोडको आईपीओ ल्याउने
New Office

काठमाण्डौ । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित दोस्रो र तेस्रो वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको छ ।  

कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ११ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो ।

CG Motors

उक्त सभामा सर्वसाधारणका लागि कम्पनीको आईपीओ निष्कासन गर्ने,यससम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा आव २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन तथा उक्त अवधिका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने र ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीले १ अर्ब ६१ लाख ७० हजार रुपैयाँबराबरको रु १०० अंकित दरका १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोष(सीआईटी)लाई नियुक्त गरेको छ ।

युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साढे ६७ करोड रुपैयाँ लगानी रहेको छ ।  

ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा नम्वर  ३, ४ र ५ मा निर्माणाधिन मेवाखोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ । यस आयोजनाको लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.