शुक्रबार, असार १२,२०८३ 02:08:08
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:08:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओ निष्काशन अनुमति माग गर्दै सारथी केवल इन्डष्ट्रीजले धितोपत्र बोर्डमा दियो आवेदन

Laxmi Sunrise Bank Limited
आईपीओ निष्काशन अनुमति माग गर्दै सारथी केवल इन्डष्ट्रीजले धितोपत्र बोर्डमा दियो आवेदन

काठमाण्डौ । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर ५ गते बोर्डमा आवेदन दिएको हो।

कम्पनीले ११ करोड ४५ लाख रुपैयाँ बराबरको ११ लाख ४५ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति मागेको हो। सेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

New Office
CG Motors
Garima Development Bank

यो कम्पनी भुषाल ग्रुप अन्तर्गतको हो । यो कम्पनी पहिले भुषाल केवल एण्ड वायर इन्डष्ट्रिज प्रालिको नाममा रहेकोमा गत जुलाईमा पब्लिक लिमिटेड कम्पनी बनेर नाम पनि परिवर्तन गरिएको हो । भैरहवामा फ्याक्ट्री रहेको सारथी केवलले विगत १८ वर्षदेखि नेपालमै केवल तथा तार उत्पादन गर्दै आएको छ । कम्पनीले Multi-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor उत्पादन गर्दै आएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस कम्पनीका अध्यक्ष अंकित भुसाल रहेका छन् । उनका अनुसार आईपीओबाट संकलित रकम कम्पनीले नेपालमै पहिलोपटक ‘अण्डरग्राउण्ड केवल’ उत्पादन सुरु गर्नमा लगानी गर्नेछ । यसबाट नेपाललाई विद्युत सामग्रीको उत्पादनमा आत्मनिर्भर बनाउन थप मद्दत पुग्ने विश्वास लिइएको छ । 

साथै, अत्याधुनिक प्रविधि प्रयोग गरेर आल्मुनियम फर्नेन्स प्लान्टसमेत जडान गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीको वार्षिक उत्पादन क्षमता २७०९ मेट्रिक टन रहेको छ । कम्पनीको ५ वटा प्रदेशमा गरि २१५ वटा डिलर रहेका छन् ।

आईपीओ निष्काशनपछि केवल उत्पादन गर्ने पहिलो सूचीकृत कम्पनी नै सारथी केवल हुनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.