आईपीओ निष्काशन अनुमति माग गर्दै सारथी केवल इन्डष्ट्रीजले धितोपत्र बोर्डमा दियो आवेदन
काठमाण्डौ । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर ५ गते बोर्डमा आवेदन दिएको हो।कम्पनीले ११ करोड ४५ लाख रुपैयाँ बराबरको ११ लाख ४५ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति मागेको हो। सेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

