आईतवार, फाल्गुन ३,२०८२ 04:03:41
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:03:41
Bizshala
Global IME Bank Limited

सान्भी इनर्जीको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने

सान्भी इनर्जीको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने
Shivam Cement

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ११ लाख ७१ हजार कित्ता आईपीओ जारी गरेको हो ।  

कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

जस मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गाविसका १ देखि ८ नं। सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गाविसका १–४, ६–८ नं. वडाहरु) माईजोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गाविसका १ देखि ८ नं. सम्मका वडाहरु तथा नयाँबजार गाविसको वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गाविस का ६ देखि ५ नं. सम्मका वडाहरु) तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको पञ्चकन्या गाविसका २, ६, ८ नं. वडाहरु) का स्थायी बासिन्दाहरुलाई तथा सर्वसाधारणहरुको लागि सार्वजानिक निष्काशन गर्न छुट्टयाइएको जारी पूँजीको ३३.०७ प्रतिशत अर्थात २४ लाख १० हजार कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १० अर्थात २ लाख ४१ हजार कित्ता आईपीओ जारी गरेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ ३ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द वैशाख १९ गते हुनेछ ।  

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आयोजना स्थल, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र नबिल बैंकको फिक्कल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.