काठमाण्डौ । इष्टर्न साहारा कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आगामी पुस २७ गतेका लागि डाकेको हो ।
उक्त सभा झापाको बिर्तामोडमा रहेको साई पार्टी प्यालेसमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणमा कम्पनीको साधारण सेयर निष्कासन गर्ने तथा सो सम्बन्धि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै अन्य वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।