काठमाण्डौ । वरुण इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै गत पुस २५ गते आवेदन दिएको हो ।
कम्पनीले २४ करोड ७५ लाख रुपैयाँबराबरको रु १०० अंकित दरका २५ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनको माग गरेको छ । यो सेयर कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।