शनिबार, श्रावण २,२०८३ 08:55:09
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:55:09
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा ह्याविट्याट पावर, साधारण सभा आह्वान

आईपीओ निष्कासनको तयारीमा ह्याविट्याट पावर, साधारण सभा आह्वान
New Office

काठमाण्डौ । ह्याविट्याट पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।  कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ११ गतेका लागि दोस्रो साधारण सभा डाकेको हो ।  

उक्त सभा काठमाण्डौ हाँडीगाँउमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा सर्वसाधारण तथा स्थानियलाई आईपीओ निष्कासन गर्ने, नियमन निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न माग भई आएमा सो सम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको चुक्तापूँजीभन्दा बढी कर्जा लिने विशेष प्रस्ताव पारित ग,रिनेछ ।  

सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

कम्पनीले आफ्नो जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने तयारी गरेको छ ।  

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई जारी गर्नेछ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटलंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.