काठमाण्डौ । रघुगंगा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको मुख्य प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले ८ औं साधारण सभाको मिति निर्धारण गरेको हो ।
कम्पनीको उक्त सभा पुस २२ गते कोठमाण्डौ रत्नपार्कमा रहेको नेपाल विद्युत प्राधिकरणको सभाहलमा बिहान ११ बजेदेखि सुरु गर्नेछ । सभामा सर्वसाधारणलाई साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षणसहितको असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा सोही अवधिको वित्तीय विवरणहरु पारित गरिनुका साथै कम्पनीको चुक्तापूँजी वृद्धि र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।