काठमाण्डौ । सौर्य कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आफ्नो दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ ३१ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा बिहान १० बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको सेयर सर्वसाधारणमा जारी गर्ने, सञ्चालकहरुको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिका सञ्चालकहरुको मनोनयन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८३÷८४ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।