काठमाण्डौ । गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्कासनका लागि मंसिर ७ गते स्वीकृती दिएको हो ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल रहेको छ ।