काठमाण्डौ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३.२७ गुणा आवेदन परेको छ । सीडीएससीको तथ्यांकअनुसार अन्तिम दिनसम्ममा कम्पनीका आईपीओमा १९ लाख ९७७ आवेदकहरुबाट २ करोड ४४ लाख ८३ हजार २२० कित्ता सेयर माग भएको छ ।
यस हिसाबले यो कम्पनीको सेयरमा करिब १७ लाख आवेदकको हाल खाली हुने भएको छ । कम्पनीले गत फागुन ११ गतेदेखि सर्वसाधरणहरुको लागि १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो ।
कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।