बिहीबार, श्रावण २१,२०८३ 09:54:21
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 09:54:21
Bizshala
Global IME Bank Limited

विद्युत प्राधिकरणले पूँजीको १०% आईपीओ निष्कासन गर्ने

विद्युत प्राधिकरणले पूँजीको १०% आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आईपीओ निष्कासन गरिने बताएका छन् । दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएको तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् ।  

घिसिङले प्राधिकरणको पूँजीको तत्कालका लागि १० प्रतिशत आईपीओ आमसर्वसाधारणका लागि जारी गर्ने तयारी भईरहेको बताएका छन् । उनले आइपीओबाट संकलन गरेको रकम ठूला जलविद्युत आयोजनामा लगानी गरिने बताए ।  

इक्रा नेपालले प्राधिकरणलाई लगातार डबल ए प्लस रेटिङ प्रदान गरेको समेत घिसिङले बताए ।  ‘यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक अवस्था लायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको छ,’ उनले भने,‘यसरी प्राधिकरणले कमाएको नाफा ग्राफमा देखिने कोरा अंक मात्र होइन, यो त विद्युत विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको छ । जसले भविश्यको थप नाफालाई पनि सुनिश्चित गर्नेछ ।’

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.