नेपाल विद्युत् प्राधिकरणको बोर्डमा तीन नयाँ सञ्चालक नियुक्त
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा तीन जना नयाँ सदस्य नियुक्त गरेका छन्।
TRENDING
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा तीन जना नयाँ सदस्य नियुक्त गरेका छन्।
काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले अत्यधिक गर्मी, हावाहुरी, वर्षा तथा अन्य प्रतिकूल मौसमका साथै विभिन्न प्राविधिक कारणले देशका केही स्थानमा बेला–बेलामा विद्युत आपूर्तिमा अवरोध तथा असन्तुलन देखिएको जनाएको छ। यस्तो अवस्थामा विद्युत दुर्घटना, आपूर्ति अवरोध वा अन्य विद्युतसम्बन्धी गुनासो भए तत्काल प्राधिकरणको हटलाइन नम्बर ११५० वा सम्बन्धित प्रादेशिक कार्यालयमा...
काठमाण्डौ । सरकारले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना (अनबन्डलिङ) प्रक्रिया अघि बढाउन कार्यदल गठन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा गरिएको घोषणाअनुसार प्राधिकरणको पुनर्संरचनासम्बन्धी मार्गचित्र तयार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिव सन्दिप देवको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
काठमाण्डौ । नेपालकै पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले मोरङको लेटाङमा निर्माण गरेको ३३÷११ केभी क्षमताको नेपालकै पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा ल्याएको हो ।उक्त सबस्टेशनको गत असार ५ गते सफल परीक्षण, सञ्चालन परीक्षण तथा चार्जिङ सम्पन्न गरिएको थियो । यो सबस्टेशन देशकै पहिलो अटो रिकलोजर तथा स्काडा नियन्त्रण प्रणालीमा आधारित...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालय, विद्युत् व्यापार विभागले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीलाई आफ्नो प्रगति विवरण अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको छ।विभागले सार्वजनिक सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति...
-रविन ठकुरी काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र नेपाल विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण तथा वितरण, व्यापार गरी तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने तयारी अघि बढाएसँगै विद्युत क्षेत्रभित्र नयाँ बहस सुरु भएको छ। ऊर्जा क्षेत्रलाई बढी प्रतिस्पर्धी र विशिष्टीकृत बनाउने सरकारी दाबी भए पनि यसले अन्ततः उपभोक्ताको बिजुली बिल महँगो बनाउने जोखिम रहेको भन्दै...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौ उपत्यकाको चक्रपथभित्र १३२ केभी क्षमताको भूमिगत डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ। शहरी क्षेत्रमा विद्युत् आपूर्ति प्रणालीलाई सुदृढ बनाउने तथा सहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यसहित यो आयोजना अघि बढाइएको जनाइएको छ।प्रस्तावअनुसार बालाजु–महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म करिब ११.९२...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले उनलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका निजी क्षेत्रका प्रवर्द्धकहरूलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्ने मिति (आरसिओडी) संशोधनका लागि आवश्यक कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको छ।प्राधिकरणले जारी गरेको सूचनाअनुसार, २०७१ भदौ ३१ गते बसेको ६८८औं बैठकबाट निजी क्षेत्रका विद्युत् प्रवर्द्धक कम्पनीहरूसँग सम्पन्न विद्युत् खरिद सम्झौता...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा लामो समयसम्म विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। ती ग्राहकहरूबाट करिब रु १ करोड ४ लाख १७ हजार ३८१ बक्यौता असुली हुन बाँकी रहेको केन्द्रले जनाएको छ।बक्यौता नतिर्ने ग्राहकहरूलाई कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउँदै कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ ।
काठमाण्डौ । उद्योग क्षेत्रसँग जोडिएको डेडिकेटेड तथा ट्रङ्क लाइन विद्युत् महसुल विवादमा नयाँ मोड आएको छ। नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि रोकिएको बक्यौता असुली प्रक्रियालाई पुनः तीव्रता दिएको छ ।प्राधिकरणले २०८२ असोजमा जारी गरेको सूचनालाई पुनः सक्रिय पार्दै उद्योगीहरूलाई किस्ताबन्दीमा बक्यौता तिर्न पत्राचार सुरु गरेको छ। ग्राहक सेवा निर्देशनालयमार्फत...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाण्डौका केही क्षेत्रमा निर्धारित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध गर्ने भएको छ। जीर्ण भइसकेका विद्युत् पोलहरू प्रतिस्थापन गर्ने योजनाअन्तर्गत यो कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ।
काठमाण्डौ । जेन–जी (Gen-Z) आन्दोलनका क्रममा शहीद घोषणा गरिएका व्यक्तिहरूका परिवारलाई राहतस्वरूप रोजगारी उपलब्ध गराउने निर्णय अन्तर्गत नेपाल विद्युत् प्राधिकरणले २७ जनालाई रोजगारी दिने प्रक्रिया अघि बढाएको छ।प्राधिकरणको मानव संसाधन विभागले सार्वजनिक गरेको सूचनाअनुसार शहीद परिवारका सदस्यको रूपमा दाबी गर्दै आवेदन दिएका २७ जनाको सूची सार्वजनिक गरिएको छ। ती व्यक्तिहरूलाई...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ। प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।प्राधिकरणका अनुसार अधिकृतस्तरअन्तर्गत सहनिर्देशकदेखि वातावरणविदसम्मका पदमा १३२ जना कर्मचारी भर्ना गरिनेछ। त्यसैगरी सहायकस्तरअन्तर्गत मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर तथा लेखापाल पदमा १३० जना...
काठमाण्डौ । पोखरा महानगरपालिका क्षेत्रमा शुक्रबारदेखि चार दिनसम्म बिहान बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गत पोखरा ग्रिड महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो।शुक्रबारदेखि मङ्गलबारसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने जनाइएको छ।
काठमाण्डौ । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बुधबार आफ्नो पदमा पुनर्स्थापित हुँदै कार्यभारमा फर्किएका छन्। बिहान साढे १० बजे रत्नपार्क स्थित प्राधिकरण केन्द्रीय कार्यालय पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हाले।गत असोज ५ गते तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शाक्यलाई कुनै...
काठमाण्डौ । नेपालको न्यायिक इतिहासमा एक महत्वपूर्ण फैसला गर्दै सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण (एनईए) का पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाउने सरकारको निर्णय बदर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार यो आदेश जारी गर्दै शाक्यलाई पूर्ववत् रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनःस्थापित...
काठमाण्डौ । बंगलादेशले नेपालबाट थप २० मेगावाट विद्युत खरिद गर्ने भएको छ । नेपाल र बंगलादेशबीच भएको ऊर्जा सचिवस्तरीय बैठकमा बंगलादेशले थप विद्युत खरिद गर्ने सहमति जनाएको हो । यसका साथै बंगलादेशले सुनकोशी–३ आयोजनामा लगानी गर्ने समेत भएको छ ।हाल बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत खरिद गरिरहेको छ । थप २० मेगावाट थपिएसँगै बंगलादेशमा निर्यात हुने कुल विद्युत ६० मेगावाट...
काठमाण्डौ । हुलास स्टिल इन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत उपभोग गरेको बिजुलीको प्रिमियम महसुलको बक्यौताको दोस्रो किस्ता तिरेको छ । गत कात्तिक १ गते पहिलो किस्ता तिरेको कम्पनीले एक महिनाको अवधिमा दोस्रो किस्ता समेत बुझाएको हो । मंगलबार कम्पनीले दोस्रो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ त्रिेको हो । कम्पनीले पहिलो र दोस्रो किस्ता गरी कुल १ करोड ८६ हजार रुपैयाँ...
काठमाण्डौ । पछिल्लो समय डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम तिर्ने उद्योगहरुको संख्या वृद्धि भईरहेको छ । यसै क्रममा थप दुईवटा उद्योगले बक्यौताअन्तर्गतको पहिलो किस्ता बुझाएका छन् । घोराही सिमेन्ट र कसमस सिमेन्टले विद्युत प्राधिकरणलाई पहिलो किस्ता बुझाएका हुन् । जसअन्तर्गत घोराही सिमेन्टले १ करोड ८१ लाख ६१ हजार र कसमस सिमेन्टले ३५ लाख रुपैयाँ बुझाएका छन् ।
काठमाण्डौ । आज डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौतासम्बन्धी विवादको सुनुवाई हुँदैछ । अर्घाखाची सिमेन्टले हालेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई भईरहेको छ । नेपाल विद्युत प्राधिकरणले सरकारको निर्देशनबमोजिम बक्यौता रकम नतिर्ने उद्योगहरुको लाइन काटेपछि उक्त कदमविरुद्ध अर्घाखाची सिमेन्टले सर्वोच्चमा रिट दायर गरेको थियो । जसमा सर्वोच्चका न्यायधिस टेकप्रसाद...
काठमाण्डौ । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको निर्णयविरुद्ध शाक्यले दायर गरेको मुद्दामा न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले यस्तो फैसला सुनाएको हो।अदालतको आदेशमा भनिएको छ, “यसअघिका समान प्रकृतिका मुद्दाहरूसँग यो रिटको तथ्य र कानुनी प्रश्न...
काठमाण्डौ । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत थप ३ उद्योगले बक्यौता रकम तिरेका छन् । भलवारी स्वचालित कारखाना, एसआर फुड्स र एसआर स्टिलले बक्यौताको पहिलो किस्ता तिरेका हुन् । जसपश्चात ती उद्योगहरुमा विद्युती आपूर्ति पुनः सुचारु गरिएको छ । तिर्नुपर्ने कुल रकमलाई २८ किस्तामा विभाजन गरिएकोमा उद्योगहरुले पहिलो किस्ता तिरेका हुन् । एसआर फुड्सले १ करोड ४८ लाख,...
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले ‘फास्ट ट्रयाक’ मार्फत २० अर्ब रुपैयाँबराबरको उर्जा ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले विभिन्न चार वटा ठूला जलविद्युत आयोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउन उर्जा ऋणपत्र जारी गर्ने तयारी गरेको हो ।
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन महसुल नतिर्ने बुटवल–भैरहवा औद्योगिक करिडोरका दश उद्योगमा विद्युत लाइन काटेको छ । प्राधिकरणले शुक्रबार साँझदेखि ती उद्योगमा विद्युत लाइन काटेको हो । प्राधिकरणले भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्,पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट,र श्याम...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता महसुल नतिर्ने उद्योगहरूलाई कडा कारबाहीको चेतावनी दिएको छ। डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम शुल्क बुझाउन बाँकी उद्योगहरूको विद्युत् लाइन कात्तिक २ गते राति १२ बजेपछि पूर्ण रूपमा काट्ने प्राधिकरणको घोषणा छ। यो कदमले उद्योगीहरूमाथि ठूलो दबाब सिर्जना भएको छ।
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बोण्डजारी गर्ने भएको छ । मन्त्रीपरिषद् बैठकले स्वीकृति प्रदान गरेसँगै प्राधिकरणलाई उर्जा बोण्ड जारी गर्ने बाटो खुलेको हो।
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गर्ने उद्योगलाई बाँकी रहेको रकम तिर्न २१ दिनको समय सीमा तोकेको छ।आइतबार जारी सूचनामार्फत प्राधिकरणले उद्योगहरुलाई आगामी कात्तिक १७ भित्र बक्यौता बुझाउन आग्रह गर्दै तोकिएको समयसीमा उल्लंघन भएमा कारबाही गर्ने चेतावनी दिएको हो।
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने निर्णय गरेको छ । यस्तो निर्णय भदौ २९ गतेको कार्यकारी निर्देशकस्तरीय निर्णयबमोजिभ भएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण प्राय सबै जिल्लामा निषेधाज्ञा तथा कर्फ्यू जारी गरिएको थियो । जसका कारण निर्वाध रूपमा प्राधिकरणको महशुल काउन्टरहरू खोल्न सक्ने...
काठमाण्डौ । भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारुतले ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली खरिद गर्न स्वीकृती दिएको हो । यसअघि पनि गत साउन २६ गते भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्ने अनुमति दिएको थियो । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा...
काठमाण्डौ । भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्ने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौताअनुसार नेपालबाट थप विद्युत खरिद गर्न स्वीकृति प्रदान गरेको हो । यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयात गर्न अनुमति दिएको थियो । थप विद्युत आयात गर्न स्वीकृती दिएसँगै अब अब नेपालबाट...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ । प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै आजदेखि बंगलादेमा विद्युत निर्यात गर्न सुरु गरेको हो ।
काठमाण्डौ । प्राइम सेरामिक्स प्रालिले हालै नेपाल विद्युत प्राधिकरण, मधेश प्रादेशिक कार्यालय जनकपुरद्वारा प्रदान गरिएको अत्यन्त महत्वपूर्ण उपभोक्ताको रूपमा सम्मान प्राप्त गरेको छ।विसं २०७९ मा प्राइम सेरामिक्सले उच्च विद्युत खपतसहित नियमित रूपमा महसुल भुक्तानी गर्दै आउनुका साथै उद्योग क्षेत्रको बृहत योगदानका आधारमा प्रदेशका उत्कृष्ट १० उपभोक्ताहरूमा पर्न सफल भएको...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले शीर्ष १० उत्कृष्ठ उपभोक्ताको नामावली सार्वजनिक गरेको छ । प्राधिकरणले अत्यधिक विद्युत् खपत तथा नियमित महसुल भुक्तानी आधार यस्तो सूची सार्वजनिक गरेको हो । प्राधिकरणले सात वटै प्रदेशबाट १०÷१० महत्त्वपूर्ण ग्राहक र देशभरिबाट १० सर्वाधिक महत्त्वपूर्ण ग्राहकको नाम सार्वजनिक गरेको हो । प्राधिकरणको वेबसाइटमार्फत प्रत्येक प्रादेशिक...
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले भारतमा इण्डियन प्रिमियर लिग (आईपीएल)का कारण नेपालमा विद्युत आपूर्तिमा समस्या आएको बताएको छ । प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । भारतमा आईपीएल खेल जारी रहदा माग बढेकोले इण्डियन एक्सचेञ्ज मार्केट(आईईएक्स) को दररेट पावर एक्सचेञ्ज कमिटि(पीईसी)को दररेट भन्दा बढी भएकोले बिहारसँग जोडिएका १३२ केभि लाइनबाट अधिकतम प्रयास...
काठमाण्डौ । भारतीय विद्युत र आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार (बैशाख ९ गते) नेपाल आउँन लागेका हुन् । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि...
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले देशमा लोडसेडिङ्ग नभएको जनाएको छ । प्राधिकरणले एक प्रेस विज्ञप्ती जारी गर्दै लोडसेडिङ्ग भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरु सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण भईरहेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युत्को सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक भएर आएसँगै हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युत्को सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गरी विद्युत काट्न थालेपछि तीन उत्पादक संघ आक्रोशित बनेका छन् । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणसमक्ष खनिएका हुन् । प्राधिकरणले २४सै घण्टा बिजुली उपलब्ध गराउन नसक्ने भए सोही बमोजिम औपचारिक सूचना जारी गरेर लोडसेडिङ तालिका सार्वजनिक...
काठमाण्डौ । आज ललितपुरका विभिन्न क्षेत्रमा बिजुली कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।पाटनको १३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।
काठमाण्डौ । आज काठमाण्डौको विभिन्न स्थानमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा विद्युत कटौती गर्न लागेको हो ।
काठमाण्डौ । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेका छन् । यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले घिसिङलाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
काठमाण्डौ । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा सम्झौता भएको हो ।प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् व्यापारमा थप सहजता...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौ कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।ती फिडरअन्तर्गतका स्थानमा आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ...
काठमाण्डौ । कञ्चनपुर जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत् आपूर्ति सेवा बन्द हुने भएको हो ।कलुवापुर ३३÷११ केभी सबस्टेशनबाट विद्युत् आपूर्ति हुने शुक्लाफाँटाका सम्पूर्ण स्थान, कृष्णपुर नगरपालिकाको वडा नं १, २, ३ का सुन्दरीफाँटा,...
काठमाण्डौ । आज ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज ललितपुरका विभिन्न स्थानमा बिहान साढे ९ बजेदेखि ४ बजेसम्म बिजुलीको लाइन काटिने जनाएको हो ।
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको चुहावट आधाले घटेको छ । प्राधिकरणमा आठ वर्षअघिसम्म २५.७८ प्रतिशत विद्युत् चुहावट हुने गरेकोमा अहिले करिब १२.७३ प्रतिशत विद्युत चुहावट भईरहेको छ । गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रुपैया नाफा कमाएको प्राधिकरण २०७२÷७३ मा एकै वर्षमा आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको थियो । विगत आठ वर्षमा प्राधिकरणले विद्युतीकरणमा ठूलो सफलता हात...
काठमाण्डौ । आज राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौका विभिन्न स्थानमा आज बिहान साढे १० बजेदेखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती गर्ने भएको हो ।
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरुबाट विद्युत बक्यौता उठाउन नयाँ जुक्ति निकालेका छन् । घिसिङले महशुल तिर्न बाँकी रहेका उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार गरेका छन् ।प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठक र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले बक्यौता उठाउने नयाँ रणनीति अपनाएका हुन् ।
काठमाण्डौ । विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगको लाइन तत्काल नकाटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो । बैठक उर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको थियो । यसअघि विद्युत् नियमन आयोगले डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएको थियो ।
काठमाण्डौ । विद्युत नियमन आयोगले मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नै बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले डेडिकेटेड एवं ट्रंक लाइन विवादमा मन्त्रिपरिषदको निर्णयबमोजिम नै बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिएको हो । मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार २५ कात्तिकसम्ममा टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता...
काठमाण्डौ । नेपालले आजदेखि बंगलादेशलाई विद्युत निर्यात गर्न सुरु गरेको छ । गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौताबमोजिम नेपालले ४० मेगावाट बिजुली निर्यात गर्न सुरु गरेको हो । आज परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले...
काठमाण्डौ । नेपालले भोलि (शुक्रबार)देखि बंगलादेशलाई विद्युत बिक्री गर्ने भएको छ । गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको हो । शुक्रबार करिब ११ घण्टामात्रै बिजुली बिक्री गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार शुक्रबार राति १२ बजेसम्म बिद्युत बिक्री गर्दा ३८ लाख ३२ हजार रुपैयाँ आम्दानी...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न समय दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनेको हो ।प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । आज बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको हो। उक्त बैठक आज ऊर्जा मन्त्रालयमा बसेको थियो ।
काठमाण्डौ । हालसम्म डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका २ उद्योगले मात्रै सम्पूर्ण बक्यौता तिरेका छन् । यस्तै आइतबार २ उद्योगले किस्ताबन्दीमा रकम बुझाउने लिखित सहमति गर्दै केही बक्यौता रकम तिरेका छन् । ४ उद्योगले भने किस्ताबन्दीमा महसुल बुझाउने लिखित प्रतिबद्धता जनाएका छन् । यस्तै ७ उद्योगले लाइन काट्ने निर्णयविरुद्ध अदालतबाट अन्तरिम आदेश लिएका छन् ।
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत विद्युत महसुल बक्यौता नबुझाएका ४३ उद्योगको विद्युत् लाइन काटेको छ। प्राधिकरणले विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटेको हो । प्राधिकरणले हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स,...
काठमाण्डौ । नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री सम्झौता भएको छ । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच आज त्रिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौता आज काठमाण्डौको होटल याक एण्ड यती होटलमा एक कार्यक्रमका बीच सम्पन्न भएको हो । उक्त सम्झौता नेपालका तर्फबाट ऊर्जा, जलस्रोत...
काठमाण्डौ । आज नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच त्रिपक्षीय सम्झौता हुन लागेको हो । सम्झौता हस्ताक्षर कार्यक्रम आज अपराह्न ४ बजे होटल याक एण्ड यतीमा हुनेछ । उक्त सम्झौता नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा...
काठमाण्डौ । आज काठमाण्डौका केही स्थानमा बिजुलीको लाइन काटिने भएको छ । भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज काठमाण्डौका केही स्थानमा विद्युत आपुर्ति बन्द हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मातहतका भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड तथा ट्रंक लाइन महसुलका विषयमा रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिन नहुने बताएका छन् ।डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो आधिकारीक फेसबुक अकाउन्टमार्फत यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले ६ अर्ब मात्र नभई २२ अर्ब उठाइनु पर्ने बताएका छन् ।
काठमाण्डौ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु भएको छ । आइतबार बसेको बैठकमा उद्योगहरुले विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइन प्रगोग गरेबापत तिनुपर्ने बक्यौताबारे छलफल सुरु हुन लागेको हो । समितिमा रहेका सांसदहरुबीच यस विषयमा छलफल हुन लागेको हो । समितिले यसअघि यस विषयमा उद्योगी र नेपाल विद्युत...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत खपत ३ गुणा बढेको जनाएको छ । गत आव २०८०/०८१ मा १० अर्ब २ करोड युनिट उर्जा खपत भएको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७२/०७३ मा भने ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएको थियो । यसरी ८ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको प्राधिकरणले...
काठमाण्डौ । भारले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारत सरकारले नेपालका १२ वटा जलविद्युत् आयोजनाबाट २५१ मेगावाट बिजुली खरिद गर्न स्वीकृती प्रदान गरेको हो । नेपाल विद्युत प्राधिकरणलेले पठाएको उक्त प्रस्तावमाथि भारत सरकारले हरियो झण्डा देखाएसँगै भारततर्फ थप २५१ मेगावाट विद्युत निर्यात गर्न बाटो खुलेको हो । जसअन्तर्गत नेपालले पहिलो पटक बिहारमा...
आफ्नो दोस्रो कार्यकालको ३ वर्ष पुरा गरेको अवसरमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रगति विवरण सार्वजनिक गरेका छन् । यस्ता छन् कुलमानको कार्यकालमा भएका उपलब्धिहरु ः१. वित्तीय तथा प्रशासनिक सुधारतर्फ–खुद नाफा आ.व. २०७८/७९, २०७९/८० र २०८०/८१मा क्रमशः रु.१३ अर्ब ३४ करोड, ९ अर्ब ४२ करोड र १३ अर्ब ३१ करोड (अपरिष्कृत)–सञ्चित नाफा आ.व. २०७८/७९, २०७९/८०...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्नेगरी प्रसारण लाइन सञ्जालको विस्तार गर्ने योजना बनाएको छ । आज आफ्नो दोस्रो कार्यकालको ३ वर्ष पुरा गरेको अवसरमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् । छिमेकी देश चीनसँगको विद्युत व्यापारका लागि पनि चिलिमे–केरुब...
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आईपीओ निष्कासन गरिने बताएका छन् । दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएको तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् । घिसिङले प्राधिकरणको पूँजीको तत्कालका लागि १० प्रतिशत आईपीओ आमसर्वसाधारणका लागि जारी...
काठमाण्डौ । आज काठमाण्डौको विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । आज काठमाण्डौको मातातीर्थ क्षेत्रमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गतका क्षेत्रहरूमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।यी क्षेत्रहरूमा हाइटेन्सन पोल मर्मत गर्नका लागि फिडर...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेको छ । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेको हो । बैठकले सर्तसहित विद्युत्...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँगको भेटवार्तामा आज प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उद्योगको लाइन काटेर समस्या समाधान नहुने भएकाले चाडै नै यो विवादको अन्त्य...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएकै दिन ठूला उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध फायर खोलेका छन् । उद्योगीहरुको मागप्रति नरम रहँदै आएका ओली प्रधानमन्त्री भएपछि माओवादी समर्थनमा विद्युत प्राधिकरण हाँकिरहेका घिसिङविरुद्ध फायर खोलेका हुन् । बिजुलीको डेडिकेटेड फिडर प्रयोग गरी...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकणले जगदम्बा स्टिलको विद्युत लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको विद्युत् महसुल बक्यौता नबुझाएको भन्दै जगदम्बा स्टिलको लाइन काटेको हो । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापत जगदम्बा स्टिलले प्राधिकरणलाई १ अर्ब ६० करोड रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी रहेको छ । बिहिबार मात्रै प्राधिकरणले जगदम्बा...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकणले थप २ उद्योगको विद्युत लाइन काटेको छ । प्राधिकरणले बिहिबार डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको विद्युत् महसुल बक्यौता नबुझाएका थप २ उद्योगको लाइन काटेको हो । प्राधिकरणले जगदम्बा सिन्थेटिक्स प्रालि र हुसाल स्टिलको लाइन काटेको हो । जगदम्बा सिन्थेटिक्सले १६ करोड रुपैयाँ बढी र हुलास स्टिलले ११ करोड २९ लाख रुपैयाँ बक्यौता भुक्तानी...
काठमाण्डौ । जालझेलपूर्ण ढंगले मिलेमतोमा सर्वसाधारणलाई निकै महङ्गो मूल्यमा आईपीओ बिक्री गर्ने योजना बनाएको रिलायन्स स्पिनिङ मिल्स लिमीटेडमाथि फेरि अर्को आपत आइलागेको छ । यो कम्पनीले आईपीओ निश्कासनका लागि प्रकाशन गरेको वित्तीय विवरण र केही दिनअघि प्रकाशित चालु आर्थिक वर्षको वित्तीय विवरणमा विद्युत प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड रुपैयाँ बराबरको महसुलबापतको...
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले १० हजार मेगावाट क्षमताका ४५५ वटा जलविद्युत आयोजनालाई पावर पर्चेज एग्रिमेन्ट(पीपीए)का लागि स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले विद्युत सम्झौता खरिदका लागि आवेदन दिएका ४५५ वटा जलविद्युत आयोजनालाई स्वीकृति प्रदान गरेको हो । यी आयोजनामध्ये १८० वटाले विद्युत उत्पादन समेत सुरु गरिसकेका छन् । १३१ वटा आयोजनाको फाइनान्सियल क्लोजर समेत...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता उठाउन पुनः ताकेता गरेको छ । प्राधिकरणले बक्यौता तिर्न बाँकी ६१ वटा उद्योगीहरूलाई पत्र काट्दै १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको हो । प्राधिकरणले २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणलाई उद्योगीहरुले तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ...
काठमाण्डौ । काठमाण्डौका विभिन्न स्थानमा असार २ गतेदेखि ७ दिनसम्म विद्युत आपूर्ति अवरूद्ध हुने भएको छ। विद्युत् प्राधिकरण अन्तर्गतको काठमाण्डौ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले एक सूचना गर्दै काठमाण्डौका विभिन्न स्थानहरूमा दैनिक ४ घन्टा विद्युत आपूर्ति अवरूद्ध हुने जनाएको हो । सूचनाअनुसार किर्तीपुर, जोरपाटी,कुलेश्वर र बानेश्वर वितरण केन्द्र...
काठमाण्डौ । नेपालका उद्योगहरुमा लोडसेडिङ यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । परिसंघले प्रेस विज्ञप्ती जारी गर्दै स्वदेशी उद्योगहरुलाई मारेर विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको आरोप लगाएको हो । ‘सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०र८१ को ६ महिनामा १५ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेको छ । प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड नाफा कमाएको हो । जुन गत आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा प्राधिकरणले १० अर्ब ९१ करोड नाफा कमाएको थियो । यो नाफा कर कट्टीअघिको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.