डेडिकेटेड र ट्रंकलाइनः ८ अर्ब २६ करोड असुल गर्ने प्राधिकरणको तयारी, २८ किस्ताको सुविधा
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गर्ने उद्योगलाई बाँकी रहेको रकम तिर्न २१ दिनको समय सीमा तोकेको छ।आइतबार जारी सूचनामार्फत प्राधिकरणले उद्योगहरुलाई आगामी कात्तिक १७ भित्र बक्यौता बुझाउन आग्रह गर्दै तोकिएको समयसीमा उल्लंघन भएमा कारबाही गर्ने चेतावनी दिएको हो।