काठमाण्डौ । बंगलादेशले नेपालबाट थप २० मेगावाट विद्युत खरिद गर्ने भएको छ । नेपाल र बंगलादेशबीच भएको ऊर्जा सचिवस्तरीय बैठकमा बंगलादेशले थप विद्युत खरिद गर्ने सहमति जनाएको हो । यसका साथै बंगलादेशले सुनकोशी–३ आयोजनामा लगानी गर्ने समेत भएको छ ।
हाल बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत खरिद गरिरहेको छ । थप २० मेगावाट थपिएसँगै बंगलादेशमा निर्यात हुने कुल विद्युत ६० मेगावाट पुग्नेछ ।
यस्तै बंगलादेशले आयोजना मूल्याङ्कनका लागि विशेषज्ञ समिति गठन गरी आयोजनाको लगानी प्रक्रिया अघि बढाउन समेत सहमति जनाएको छ ।
यसैगरी विद्युत् निर्यातका लागि थप प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रदान गर्ने तथा नेपाल भारत र बंगलादेशबिच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समेत दुई पक्ष सहमत भएका छन् ।

