शनिबार, जेष्ठ २,२०८३ 05:04:51
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:04:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल विद्युत् प्राधिकरणद्वारा जलविद्युत् आयोजनाको आरसिओडी संशोधनका लागि आह्वान

Laxmi Sunrise Bank Limited
नेपाल विद्युत् प्राधिकरणद्वारा जलविद्युत् आयोजनाको आरसिओडी संशोधनका लागि आह्वान
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका निजी क्षेत्रका प्रवर्द्धकहरूलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्ने मिति (आरसिओडी) संशोधनका लागि आवश्यक कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार, २०७१ भदौ ३१ गते बसेको ६८८औं बैठकबाट निजी क्षेत्रका विद्युत् प्रवर्द्धक कम्पनीहरूसँग सम्पन्न विद्युत् खरिद सम्झौता (पीपीए) तथा ग्रिड कनेक्सन एग्रिमेन्टमा उल्लिखित प्राधिकरणको दायित्वअन्तर्गत पर्ने प्रसारण लाइन तथा सबस्टेशन निर्माण कार्य समयमै सम्पन्न हुन नसकेकाले उक्त सम्झौतामा संशोधन गर्न लागिएको हो।

Bizshala
New Office
CG Motors

सूचनामा आयोजनाले आरसिओडी संशोधनका लागि विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भएको प्रमाण, वित्तीय व्यवस्थापन सम्पन्न भएको विवरण तथा व्यापारिक उत्पादन मिति समाप्त हुनु अघि प्राधिकरणमा पेश गरिएको आवेदन अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ। 

साथै, आयोजनाको भौतिक निर्माण प्रगति र प्राधिकरणतर्फको प्रसारण पूर्वाधार निर्माणको प्रगतिसँग समन्वय भएको विवरण पनि आवश्यक पर्ने बताइएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

निजी क्षेत्रका प्रवर्द्धकहरूले लामो समयदेखि आरसिओडी संशोधनको माग गर्दै आएका थिए। सोही मागलाई मध्यनजर गर्दै प्राधिकरणले औपचारिक प्रक्रिया अघि बढाएको जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.