शुक्रबार, श्रावण १,२०८३ 01:21:17
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:21:17
Bizshala
Global IME Bank Limited

चक्रपथभित्र १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गरिने

चक्रपथभित्र १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गरिने
New Office

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौ उपत्यकाको चक्रपथभित्र १३२ केभी क्षमताको भूमिगत डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ। शहरी क्षेत्रमा विद्युत् आपूर्ति प्रणालीलाई सुदृढ बनाउने तथा सहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यसहित यो आयोजना अघि बढाइएको जनाइएको छ।

प्रस्तावअनुसार बालाजु–महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म करिब ११.९२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ। उक्त लाइनमार्फत करिब ३५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ।

आयोजनाअन्तर्गत महाराजगञ्ज, रत्नपार्क र सिंहदरबारमा १३२÷११ केभी तथा १३२÷६६÷११ केभी क्षमताका सबस्टेशन निर्माण गरिनेछ। साथै, प्रसारण लाइनका लागि करिब २१ वटा ज्वाइन्ट पिट्स निर्माण गरिनेछ, जसको अधिकतम दूरी ५०० मिटरसम्म रहनेछ। आयोजनाका लागि करिब १.६२ हेक्टर जमिन आवश्यक पर्नेछ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विद्युत् विकास विभागमा हाल आवश्यक अनुमति प्रक्रियाका लागि प्रस्ताव पेश गरिएको छ। वातावरणीय प्रभाव न्यून हुने गरी निर्माण कार्य अघि बढाइने प्रावधानसमेत राखिएको छ।

यसअघि पनि प्राधिकरणले रत्नपार्क–महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ भने काठमाण्डौ–ललितपुरका विभिन्न क्षेत्रमा कार्य जारी छ। पोखरा र भरतपुरमा समेत यस्तै आयोजनाहरू अन्तिम चरणमा पुगेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.