बुधबार, भाद्र ३१,२०८३ 02:04:45
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 02:04:45
Bizshala
Global IME Bank Limited

नेपालबाट आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु

नेपालबाट आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु
New Office

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ । प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै आजदेखि बंगलादेमा विद्युत निर्यात गर्न सुरु गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

गत वर्ष कात्तिक १८ गते पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरिएको थियो । गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै कात्तिक १८ गते दिउँसो १२ देखि राति १२ बजेसम्म जम्मा १२ घण्टामात्र विद्युत् निर्यात भएको थियो ।

Muktinath Bikas Bank Limited

नेपालले हरेक वर्ष पाँच महिना वर्षात्‌को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बंगलालादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यसबेला जम्मा १२ घण्टामात्र विद्युत् निर्यात गर्न पाएको थियो । यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बंगलादेशमा विद्युत् निर्यात गर्नेछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.