आईतवार, फाल्गुन ११,२०८१ 11:52:57
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:52:57
IME remit
Global IME Bank Limited

विद्युत् प्राधिकरणको चुहावट आधाले घट्यो

Hyundai Nepal
विद्युत् प्राधिकरणको चुहावट आधाले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको चुहावट आधाले घटेको छ । प्राधिकरणमा आठ वर्षअघिसम्म २५.७८ प्रतिशत विद्युत् चुहावट हुने गरेकोमा अहिले करिब १२.७३ प्रतिशत विद्युत चुहावट भईरहेको छ ।  

गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रुपैया नाफा कमाएको प्राधिकरण २०७२÷७३ मा एकै वर्षमा आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको थियो । विगत आठ वर्षमा प्राधिकरणले विद्युतीकरणमा ठूलो सफलता हात पारेको पनि जनाएको छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

आव २०७२/७३ मा ५८ प्रतिशत विद्युतिकरण भएकोमा अहिले ९९ प्रतिशत पुगेको छ । प्राधिकरणले वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत् पुर्याउन विद्युतीकरण, विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विस्तार एवम् सुदृढीकरणमा विशेष ध्यान दिएको पनि जनाएको छ ।

यस्तै, उत्पादनतर्फका ठूला जलविद्युत् आयोजना अगाडि बढाउने, आन्तरिक रूपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइएको उहाँको भनाइ छ । सुधारकै कामका कारण इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.