काठमाण्डौ । आज राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौका विभिन्न स्थानमा आज बिहान साढे १० बजेदेखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती गर्ने भएको हो ।
प्राधिकरणले एक सूचना जारी गर्दै बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले प्राविधिक जडान कार्यका लागि यी क्षेत्रहरुमा विद्युत काटिने उल्लेख गरेको छ ।
प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।