शनिबार, श्रावण १७,२०८२ 10:43:51
  • शनिबार, श्रावण १७,२०८२ 10:43:51
Global IME Bank Limited

कुमारी बैंकको अगुवाईमा १४ वित्तीय संस्थाले २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनामा २९ अर्ब बढी लगानी गर्ने

Hyundai Nepal
कुमारी बैंकको अगुवाईमा १४ वित्तीय संस्थाले २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनामा २९ अर्ब बढी लगानी गर्ने
Shivam Cement

काठमाण्डौ । कुमारी बैंकको अगुवाईमा १४ बैंक तथा वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला, साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा २१६ मेगावाट क्षमताको 'बझाङ माथिल्लो सेती जलविद्युत आयोजना'मा २९ अर्ब बढी ऋण लगानी गर्ने भएका छन् ।

;आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन गर्न कुमारी बैंक लिमिटेडको नेतृत्वमा र एनएमबी बैंक लिमिटेडको सह–नेतृत्व, माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइ.सि.एफ.सि. फाइनान्ससहितको सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा सम्पन्न भएको छ।  

२०८२ साउन १६ गते काठमाण्डौमा आयोजित एक विशेष समारोहकाबीच कुमारी बैंक र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको हो। 

Muktinath Bikas Bank Limited

सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंक लिमिटेड, नेपालका प्रमुख वाणिज्य बैंकहरूमध्ये एक, हाल ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुँदै विभिन्न ६५ भन्दा बढी जलविद्युत तथा सौर्य उर्जा परियोजनाहरूमा लगानीगर्दै आएको छ।  

बैंकले हालसम्म ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरी(प्रतिवद्धता सहित) २,००० मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरूको वित्तीय व्यवस्थापनमा (सहवित्तीयकरण अन्तर्गत समेत) योगदान प्रदान गरेको छ । जसमध्ये केही सञ्चालनमा रहेका र अरु विभिन्न निर्माणाधीन चरणहरूमा रहेका छन् । यी परियोजनाहरूले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति बढाउन महत्वपूर्ण योगदान दिइरहेका छन् ।  

करिब रू. ४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने बताइएको छ । यसको अर्थ बैंक तथा वित्तीय संस्थाहरुले २९ अर्ब १२ करोड हाराहारीमा ऋण लगानी गर्नेछन् । 

यो आयोजना अर्धजलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ। आयोजनाकोे डिजाइन डिस्चार्ज ३४.१ घनमिटर प्रतिसेकेन्ड रहेको छ भने ग्रसहेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर रहेको छ। आयोजनाको बाँधभन्दा तल जैविक बहाव कायम राख्न वर्षभर १.४१ घनमिटर प्रतिसेकेन्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता(पीपीए) २०८० साल साउन १९ गते सम्पन्न भई २०८१ वैशाख ३१ गते विद्युत उत्पादन अनुमति प्राप्त भइसकेको छ। आयोजना ५ वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गते(१५ जुलाई २०३१) भित्र व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्यसहित अघि बढाइएको कार्यक्रममा बताइएको छ ।  

आयोजनाबाट वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ। वर्षायाममा ८३४.४९ गिगावाट र सुखायाममा ३९५.११ गिगावाट उत्पादन हुनेछ, जसमा १६३.६३ गिगावाट पिक इनर्जी हुनेछ। सुखायाममा पिक इनर्जीको विद्युत दर प्रतियुनिट रू. १०.५५ र नन् पिक इनर्जीको दर रू. ८.४० रहनेछ।

उत्पादित विद्युतआयोजनास्थलमै निर्माण गरिने २२० के.भी.को स्विचयार्डबाट ३० किलोमिटर लामो २२० के.भी. डबल सर्किट प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० के.भी. बझाङ सब–स्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ। आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ। आयोजनाको प्रतिमेगावाट लागत करिब रू. १९.२५ करोड हुनेछ र प्रथम वर्षमै अनुमानि तरू. ७ अर्ब ६७ करोड आर्जन हुने अपेक्षा गरिएको छ।

आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ। ठूला लगानीकर्ताहरूमा SiuriNyadi Power Limited, Ngadi Group Power Limited, SagarmathaJalbidhyut Company Limited, Mai Khola Hydropower Limited, Yesh Holding Pvt. Ltd. लगायतका ठूला कम्पनीहरू तथा शैलेन्द्र गुरागाईं, डा. भोगेन्द्रकुमार गुरागाईं, र दिनेश गुरुङ्गजस्ता अनुभवी लगानीकर्ताहरु रहेका छन्।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.