एनएमबि बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्यापिड टेक प्रा.लि.सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ।व्यावसायिक संस्थाहरूले दैनिक रूपमा प्रयोग गर्दै आएका सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले र्यापिड टेकसँग सम्झौता गरेको हो।

