मंगलवार, श्रावण १९,२०८३ 08:50:14
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 08:50:14
Bizshala
Global IME Bank Limited

४०% ले बढ्यो एनएमबि बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमता कति ?

४०% ले बढ्यो एनएमबि बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमता कति ?
New Office

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ४ अर्ब १ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको २ अर्ब ८५ करोडको तुलनामा ४०.६० प्रतिशतले बढी हो ।

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा १७.५२ प्रतिशतले बढी हो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ८ अर्ब २ करोड रुपैयाँ रहेको बैंकको खुद शुल्क तथा कमिशन आम्दाबी बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।  

बैंकको रिटेन्ड अर्निङको आकार १ अर्ब ८७ करोड र रिजर्भको आकार १३ अर्ब ९० करोड रुपैयाँबराबर रहेको छ । बैंकको निक्षेप २ खर्ब ८० अर्बबाट बढेर ३ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।  

यस्तै बैंकको कर्जा परिचालन पनि २ खर्ब २८ अर्बबाट बढेर २ खर्ब ४९ अर्ब पुगेको छ ।  

बैंकले सम्भावित जोखिमका लागि २ अर्ब ३४ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्जको रुपमा छुट्टाएको छ । अघिल्लो आवमा भने बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ६३ करोड छुट्टाएको थियो । यो अवधिमा बैंकको खराब कर्जा अनुपातमा वृद्धि भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४.११ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.९१ प्रतिशत पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७५ करोड रहेको छ । यो अवधिमा बैंकको लाभांश क्षमता १०.३५ प्रतिशतबाट घटेर ९.०८ प्रतिशतमा खुम्चिएको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानीमा बढेको छ । बैंकको ईपीएस १४.८० रुपैयाँबाट बढेर २०.१८ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १८१.१५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ६०.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.८७ गुणा र तरलता अनुपात २८.९९ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.