शनिबार, असार १४,२०८२ 02:44:31
  • शनिबार, असार १४,२०८२ 02:44:31
Global IME Bank Limited

अग्राधिकार सेयरबाट पूँजीकोष सुदृढ बनाउन कस्सिएका बैंक रोकिए, कानून अभावले समस्या

Hyundai Nepal
अग्राधिकार सेयरबाट पूँजीकोष सुदृढ बनाउन कस्सिएका बैंक रोकिए, कानून अभावले समस्या
Nabil Bank Limited

काठमाण्डौ । आफ्नो प्राथमिक पूँजीकोष सुदृढ गर्न अग्राधिकार सेयर जारी गर्ने तयारीमा रहेका बैंक तथा वित्तीय संस्थाहरु सकसमा परेका छन् ।  

केही बैंकहरुले पूँजीकोषको दवाबलाई कम गरी वित्तीय स्वास्थ्य सुधार गर्न अग्राधिकार सेयर जारीको प्रस्ताव धमाधम आफ्नो वार्षिक साधारणसभाबाट पारित गरे पनि सेयर निश्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ग्रिन सिग्नल नआउँदा समस्या सिर्जना भएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

हालसम्म नविल बैंक, एनएमबि बैंक, एनआईसी एशिया बैंक, कामना सेवा विकास बैंक र सिद्धार्थ बैंकले अग्राधिकार सेयर जारी गर्ने तयारी गरेका छन् । उनीहरुमध्ये अधिकांशले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव आफ्नो साधारणसभाबाट अनुमोदन गराइसकेका छन् । मुख्य नियामक नेपाल राष्ट्रबैंकबाट समेत त्यस्ता प्रस्तावहरु स्वीकृत भइसकेका छन् । तर, अग्राधिकार सेयर जारीको विषयमा स्पष्ट कानूनी व्यवस्था नहुँदा धितोपत्र बोर्डले भने निश्कासन स्वीकृति दिन नसकेको स्रोतको भनाई छ ।  

'हाल अस्तित्वमा रहेको धितोपत्र कानूनले अग्राधिकार सेयरलाई चिन्दैन । यही अप्ठ्यारोका कारण केही ढिलाई भएको हो ।' नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिजशालासँग भने-'नविल बैंकसहितका साथीहरुले केही दिनअघि यहीँ आएर प्रेजेन्टेसन पनि दिनुभएको छ । कानूनी ल्याकहरुलाई फूलफिल गरी निश्कासन स्वीकृतिको तयारी अगाडि बढाइएको छ ।'  

कुन बैंकले कति जारी गर्दैछन् ?

नबिल बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता अग्राधिकार सेयर बिक्री गर्ने प्रस्ताव अगाडि बढाएको छ । प्राथमिक पूँजीको हिस्साको रुपमा रहनेगरी जारी हुन लागेको सो सेयर साधारणमा कन्भर्ट नहुने र मुनाफा भएको वर्षमा मात्रै ८ प्रतिशत लाभांश वितरण गरिने बैंकको निर्णय छ ।

एनएमबी बैंकले रु. ३ अर्बको ३ करोड कित्ता अग्राधिकार सेयर जारी गर्न खोजेको छ । लाभांश दर ८.२५ प्रतिशत कायम गरिएको छ ।  

एनआईसी एशियाले रु. ५ अर्बको ५ करोड कित्ता यस्तो सेयर जारी गर्ने प्रस्तावलाई अगाडि बढाएको छ । यो बैंकको सेयरमा लगानी गर्नेले ८.५ प्रतिशत वार्षिक लाभांश पाउनेछ ।

वार्षिक ९ प्रतिशत लाभांशदर राखेर कामना सेवा विकास बैंकले प्रति सेयर रु. १०० दरका ३५ लाख कित्ता तथा सिद्धार्थ बैंकले ३.५ करोड कित्ता अग्राधिकार सेयर जारी गर्न खोजेका छन् ।  

बैंकहरूले आफ्नो प्राथमिक पुँजी कोष सुदृढ गर्न अग्राधिकार सेयर जारी गर्न खोजेका छन् । यी सेयरहरू अविमोच्य (perpetual) र असञ्चिति (non–cumulative) प्रकृतिका छन्, जसले बैंकहरूको Tier 1 capital वृद्धि गर्न सहयोग पुर्याउनेछ। यस्तो सेयरमा कम्पनीले नाफा नकमाएमा लाभांश वितरण हुँदैन। अविमोच्य अग्राधिकार सेयरहरूमा पूँजी फिर्ता हुने म्याद हुँदैन र यी सेयरहरू प्रायः संस्थागत लगानीकर्ताहरूलाई मात्र उपलब्ध गराइन्छन् ।

के भन्छन् बैंकर ?

नविल बैंकका एक्टिङ सीईओ मनोज ज्ञवालीले अग्राधिकार सेयर जारीका लागि राष्ट्रबैंकले स्वीकृति दिइसके पनि धितोपत्र बोर्डका कारण रोकिएको बताए । 'धितोपत्र बोर्डले यस्तो उपकरणलाई जारी गर्न दिने प्रभिजन हामीसँग छैन भनेर दर्ता लिन मानेको थिएन । त्यसपछि हामीले प्रेजेन्टेसन दियौं, अब अगाडि बढ्छ होला ।' ज्ञवालीले बिजशालासँग भने-'हालसम्म त्यस्तो सेयरलाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट व्यवस्था नहुँदा बोर्डलाई पनि समस्या भएको होला जस्तो लाग्छ । धितोपत्र बोडको काम नै धितोपत्र बजारमा नयाँ नयाँ उपकरण ल्याउन सहयोग गर्ने हो । अग्राधिकार सेयरका लागि पनि नीतिगत व्यवस्था गर्दै हुनुहुन्छ होला ।'  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.