सिद्धार्थ क्यापिटलका ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा, दुईवटाका २०% र एउटाको १७%
काठमाण्डौ । सिद्धार्थ क्यापिटलबाट सञ्चालित तीनवटा बन्दमुखी म्युचुअल फण्डले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट इकाईधनीका लागि लाभांश घोषणा गरेका छन् । क्यापिटलले सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीका लागि लाभांश घोषणा गरेको हो ।