बुधबार, भाद्र ३१,२०८३ 08:23:36
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 08:23:36
Bizshala
Global IME Bank Limited

सिद्धार्थ बैंकले ल्यायो ‘एनपीएल क्रेडिट कार्ड’, वर्षमा तीन कारोबार गरे वार्षिक शुल्क फिर्ता

सिद्धार्थ बैंकले ल्यायो ‘एनपीएल क्रेडिट कार्ड’, वर्षमा तीन कारोबार गरे वार्षिक शुल्क फिर्ता
New Office

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को शीर्ष प्रायोजक सिद्धार्थ बैंकले नयाँ ग्राहकलाई लक्षित गर्दै ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सार्वजनिक गरेको छ।

बैंकका अनुसार असोज १ देखि मंसिर २९ गतेसम्म आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्डको सुविधा प्राप्त गर्न सक्नेछन्। कार्ड जारी गर्दा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइनेछ।

Shivam Cement
Bizshala
CG Motors

दोस्रो वर्षदेखि भने ग्राहकले अघिल्लो वर्ष कम्तीमा तीनवटा क्रेडिट कार्ड कारोबार गरेको अवस्थामा वार्षिक शुल्क फिर्ता पाउनेछन्। यस्तो सुविधा प्राप्त गर्ने योग्यता प्रत्येक वर्ष मूल्यांकन गरिने बैंकले जनाएको छ। कुनै वर्ष न्यूनतम कारोबार पूरा नभए त्यस वर्ष शुल्क फिर्ता हुने छैन। तर, त्यसपछिको वर्ष तोकिएको कारोबार पूरा गरे ग्राहक पुनः उक्त सुविधाका लागि योग्य हुनेछन्।

यसैगरी, बैंकले एनपीएलसँग जोडिएको विशेष बचत खाता पनि सञ्चालनमा ल्याएको छ। ‘सिद्धार्थ एनपीएल बचत खाता’ खोल्ने ग्राहकलाई एनपीएलको विषयवस्तुमा डिजाइन गरिएको डेबिट कार्ड उपलब्ध गराइनेछ। खाता खोल्ने ग्राहकले प्रारम्भिक सुविधास्वरूप ५०० सिद्धार्थ रिवार्ड अंकसमेत प्राप्त गर्नेछन्।

एनपीएल डेबिट कार्ड र ‘सिद्धार्थ बैंकस्मार्ट एक्सपी’ दुवै सेवा लिने ग्राहकले प्रारम्भिक सदस्यताका लागि एकमुष्ट ५०० रुपैयाँ वार्षिक शुल्क तिरेर बन्डल प्याकेज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

Muktinath Bikas Bank Limited

बैंकले असोज १ देखि कात्तिक ३० गतेसम्म विशेष अभियानसमेत सञ्चालन गर्नेछ। अभियान अवधिमा सबैभन्दा धेरै रिवार्ड अंक प्राप्त गर्ने शीर्ष २० खातावालालाई ‘एसबीएल–एनपीएल गिफ्ट ह्याम्पर’ प्रदान गरिनेछ।

सबैभन्दा धेरै रिवार्ड अंक कमाउने एक ग्राहकले बैंकको एनपीएलसम्बन्धी भिडियोमा प्रस्तुत हुने अवसर पाउनेछन्। त्यस्तै, रिवार्ड अंक प्रयोग गरेर सबैभन्दा धेरै कारोबार गर्ने शीर्ष पाँच ग्राहकले जनही दुईवटा एनपीएल टिकट जित्नेछन्।

अभियानमा सर्वाधिक ‘रिवार्ड च्याम्पियन स्कोर’ हासिल गर्ने एक ग्राहकले एनपीएलको सेमिफाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ पुरस्कार प्रदान गर्ने अवसरसमेत प्राप्त गर्ने बैंकले जनाएको छ। रिवार्ड च्याम्पियन स्कोर अभियान अवधिमा आर्जन गरिएको र प्रयोग गरिएको कुल रिवार्ड अंकको योगका आधारमा गणना गरिनेछ।

योजनाबारे थप जानकारी बैंकको चौबीसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’बाट लिन सकिनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.