आईतवार, आश्विन २५,२०८३ 11:19:04
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 11:19:04
Bizshala
Global IME Bank Limited

धितो होइन, उद्यमको सम्भावना हेर्ने सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’

Bizshala
धितो होइन, उद्यमको सम्भावना हेर्ने सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’
New Office

काठमाण्डौ । महिला उद्यमीको व्यावसायिक सपना अब धितो अभावकै कारण रोकिनु नपरोस् भन्ने उद्देश्यसहित सिद्धार्थ बैंक लिमिटेडले विशेष कर्जा योजना ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा ल्याएको छ।

महिलाको स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई आवश्यक वित्तीय स्रोत सहज रूपमा उपलब्ध गराउँदै उनीहरूको व्यवसाय विस्तार, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्‍याउने लक्ष्य बैंकले लिएको छ।

नयाँ योजनाअन्तर्गत योग्य महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिनाधितो कर्जा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

धितो मात्र होइन, उद्यमीको क्षमता पनि मूल्यांकन

‘सिद्धार्थ महिला समृद्धि कर्जा’को विशेषता कर्जाको रकममा मात्र सीमित छैन। परम्परागत बैंकिङ प्रणालीमा धितोलाई कर्जा प्रवाहको प्रमुख आधार मानिँदै आएको अवस्थामा सिद्धार्थ बैंकले व्यवसायको वास्तविक सम्भावना र उद्यमीको क्षमतालाई समेत प्राथमिकता दिने व्यवस्था गरेको छ।

यसका लागि बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (IFC) को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको छ।

उक्त प्रणालीले धितोको उपलब्धतासँगै व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह, व्यवस्थापकीय क्षमता तथा व्यवसाय विस्तारको सम्भावनालगायत पक्षको समग्र विश्लेषण गर्नेछ। यसबाट सम्भावना भएका महिला उद्यमी धितो अभावकै कारण औपचारिक वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

महिला उद्यमशीलतामा दीर्घकालीन साझेदार

महिला उद्यमीलाई केवल कर्जा उपलब्ध गराउनेभन्दा पनि उनीहरूको व्यवसायलाई दिगो, प्रतिस्पर्धी र विस्तारयोग्य बनाउन वित्तीय साझेदारको भूमिका निर्वाह गर्ने उद्देश्य बैंकले राखेको छ।

बैंकको यो पहलले नयाँ व्यवसाय सुरु गर्न चाहने तथा सञ्चालनमा रहेका उद्यमलाई थप विस्तार गर्न खोजिरहेका महिला उद्यमीका लागि वित्तीय पहुँचको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ। साथै, यसले महिलाको आर्थिक सहभागिता वृद्धि गर्दै स्थानीय उत्पादन, रोजगारी र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कर्जासम्बन्धी थप जानकारीका लागि बैंकको चौबीसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.