मंगलवार, असार ९,२०८३ 05:36:08
Bizshala
  • मंगलवार, असार ९,२०८३ 05:36:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनएमबिको अगुवाइमा बैंकहरुले लाप्चे तामाकोशी हाइड्रोमा रु. ५.२५ अर्ब ऋण लगानी गर्ने

Laxmi Sunrise Bank Limited
एनएमबिको अगुवाइमा बैंकहरुले लाप्चे तामाकोशी हाइड्रोमा रु. ५.२५ अर्ब ऋण लगानी गर्ने

काठमाण्डौ । एनएमबि बैंक लिमीटेड, नबिल बैंक लिमीटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमीटेड, एभरेष्ट बैंक लिमीटेड, तथा डायनामिक हाइड्रो ईनर्जी प्रा.लि.बीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, बिगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।  

यो आयोजनामा एनएमबि बैंक अगुवा बैंक(कन्सोर्टियम लिड) रहनेछ। ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत रु.७ अर्ब रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु. ५ अर्ब २५ करोड रहनेछ ।

New Office
CG Motors
Garima Development Bank

साथै एनएमबि बैंकले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ ।  २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंकले रु. ३४ करोड ऋण लगानी गर्नेछ ।

एनएमबि बैंकको तर्फबाट सस्टेनेबल ईनर्जी बैंकिङ्गका प्रमुख दिनेश दुलाल  तथा डायनामिक हाइड्रो ईनर्जी प्रा.लि. को तर्फबाट अध्यक्ष मोहनबिक्रम कार्कीले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरे । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहनबिक्रम कार्कीले ऋण सम्झौतापत्र आदानप्रदान गरे । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द घिमिरेले एनएमबि बैंकमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए ।  

यस्तै, मोहनबिक्रमका र्कीले एनएमबि बैंकसँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे ।  

एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.