सोमबार, आश्विन २६,२०८३ 06:20:47
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 06:20:47
Bizshala
Global IME Bank Limited

एनएमबि बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य

Bizshala
एनएमबि बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य
New Office

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्यापिड टेक प्रा.लि.सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ।

व्यावसायिक संस्थाहरूले दैनिक रूपमा प्रयोग गर्दै आएका सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले र्यापिड टेकसँग सम्झौता गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सम्झौतापछि एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले आफ्नै प्रणालीभित्र रहेर रकम भुक्तानी, हिसाब मिलान (रिकन्सिलिएसन) तथा अन्य बैंकिङ कारोबार तुरुन्तै गर्न सक्ने बैंकले जनाएको छ।

त्यसैगरी, साना तथा मझौला व्यवसायीहरूले पनि व्यापारिक केन्द्र तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अझ छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

निकट भविष्यमा सञ्चालनमा आउने यो सुविधाले अनावश्यक झन्झट घटाउनुका साथै ग्राहकको समय बचत गर्ने र वित्तीय कारोबारलाई थप सरल तथा प्रभावकारी बनाउने बैंकको अपेक्षा छ।

एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.