बुधबार, श्रावण २०,२०८३ 02:42:58
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 02:42:58
Bizshala
Global IME Bank Limited

डोङफेङ नाम्मीको चाँडै चाडपर्व अफर घोषणा:"चाडपर्व कुर्न किन ?"

डोङफेङ नाम्मीको चाँडै चाडपर्व अफर घोषणा:"चाडपर्व कुर्न किन ?"
New Office

काठमाण्डौ । नेपाली बजारमा छोटो समयमा लोकप्रियता कमाउन सफल इलेक्ट्रिक ह्याचब्याक "नाम्मी"(Nammi) ब्रान्डले चाँडै चाडपर्व अफर सार्वजनिक गरेको छ । "चाडपर्व कुर्न किन ?" भन्ने नारासहित डोङफेङ नाम्मीले ग्राहकहरूलाई लक्षित गर्दै यो विशेष अफर ल्याएको हो।

यस अफरमार्फत कम्पनीले नेपाली उपभोक्तालाई चाडपर्वको उत्सव अगावै सुरु गर्न आमन्त्रण गरेको छ । डोङफेङ नाम्मी नेपालको सबैभन्दा रुचाइएको प्रिमियम इलेक्ट्रिक ह्याचब्याकका रूपमा स्थापित हुँदै गएको छ, जसले ग्राहकहरूको मन जित्न सफल भएको छ ।

नाम्मीले आफ्नो सेग्मेन्टमा पहिलो पटक प्रस्तुत गरेका विशेष फिचर, दमदार रेञ्ज, उत्कृष्ट मूल्य प्रस्ताव, आकर्षक डिजाइन, प्रिमियम इन्टेरियर र व्यवहारिक प्रविधिले गर्दा नेपाली ग्राहकहरूका लागि एक ‘फाइभ स्टार लक्जरी इभी’ को रूपमा परिचय बनाएको छ ।

अझ सुलभ र आकर्षक बनाउने उद्देश्यले कम्पनीले चाडपर्व अफर अन्तर्गत नाम्मीको मूल्य रु ३३.९९ लाख तोकेको छ, जुन पूर्व मूल्य रु ३४.७९ लाख भन्दा घटाइएको हो । यो विशेष अफर चाडपर्वको भिडभाड कुर्न नपरी पहिले नै उत्सव मनाउन चाहने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो ।

अफरका विशेषताः

-चाडपर्व अफर मूल्यः रु ३३.९९ लाख (पूर्व मूल्यः रु ३४.७९ लाख)

-उपलब्धता: डोङफेङ नाम्मीका देशभरका सबै शोरूमहरूमा

डोङफेङ नाम्मीले नेपाली बजारमा विद्युतीय सवारीको क्षेत्रमा डिजाइन, नवप्रवर्तन र व्यवहारिकतासँगै नयाँ बाटो देखाइरहेको छ । चाडपर्वको प्रारम्भमा सार्वजनिक गरिएको यो अफरले नेपाली उपभोक्तालाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा थप पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.