काठमाण्डौ । नेपालका लागि हसन्डाई सवारी साधनको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफर’ योजनाको विजेता घोषणा गरेको छ । जसअन्तर्गत कुबेरा कन्स्ट्रक्सन प्रालिले नयाँ हुन्डाई भेन्यू१.२ प्राप्त गरेको छ ।
यो योजना गत वर्षको दशैै तथा तिहारको अवसर पारेर लञ्च गरिएको थियो । यो योजना २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ गते लागू भएको थियो । यस योजना अन्तर्गत आकर्षक नगद छुट, १ लाखसम्मको नगद जित्न सकिने स्क्रयाच कार्ड पुरस्कार, रोड ट्याक्स कभरेज, वर्षको बीमा निःशुल्क र पुराना सवारी एक्सचेञ्ज गर्नेलाई एक्सेचेञ्ज बोनसको व्यवस्था गरिएको थियो ।
उक्त योजनामा देशभरबाट उत्साहजनक सहभागीता रहेको कम्पनीले जनाएको छ । विजेताको घोषणा जुलाई ३१ मा हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको हो ।
उक्त कार्यक्रम हुन्डाईका प्रतिनिधि र कन्ज्युिमर आई नेपालकी अध्यक्ष बिमला खनालको उपस्थितीमा भएको कम्पनीले जनाएको छ ।