काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा समायोजन गरिएको निगमले जानकारी दिएको छ।
नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ। तर, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाइएको छ। यससँगै उपभोक्ताले पेट्रोल सस्तोमा किन सक्ने भए पनि अन्य इन्धनका लागि बढी खर्च गर्नु पर्नेछ।
हवाई इन्धनतर्फ अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँबाट बिक्री मूल्य प्रतिकिलो लिटर २१ अमेरिकी डलरले बढाइएको छ। पोखरा र भैरहवाका लागि भने 'ब्रेक डाउन पोइन्ट' अनुसार नयाँ दर कायम गरिएको निगमले जनाएको छ।
एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको छ। समायोजित मूल्यहरू आज राति १२ बजेदेखि लागू हुनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।