बुधबार, चैत्र २०,२०८१ 02:26:31
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:26:31
IME remit
Global IME Bank Limited

बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता आज हुँदै

Hyundai Nepal
बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता आज हुँदै
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच त्रिपक्षीय सम्झौता हुन लागेको हो ।  

सम्झौता हस्ताक्षर कार्यक्रम आज अपराह्न ४ बजे होटल याक एण्ड यतीमा हुनेछ । उक्त सम्झौता नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा हुनेछ ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङ र बीपीडीबीका अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी)गत जेठ २९ गते नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको थियो । सीसीजीपीले प्रतियुनिट ८.१७ टका(करिब ९ रुपैयाँ)मा नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको थियो ।  

विद्युत खरिदका लागि साउन १३ मा सम्झौता हुने तय भएको थियो । तर सम्झौता नहुँदै तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बंगलादेशमा नेपालबाट विद्युत नेपाल–भारत ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत–बंगलादेश–बरामपुर–भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइनमार्फत प्रवाह गरिने छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.