बुधबार, भाद्र ३,२०८३ 03:38:58
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:38:58
Bizshala
Global IME Bank Limited

बिजुलीको महसुल घटाउने सरकारको तयारी, ‘सिजनल ट्यारिफ’मा जोड

बिजुलीको महसुल घटाउने सरकारको तयारी, ‘सिजनल ट्यारिफ’मा जोड
New Office

काठमाण्डौ । सरकारले विद्युतको महसुल घटाउने गृहकार्यलाई तीव्रता दिएको छ। वर्षायाममा विद्युत् उत्पादन बढेर खेर जाने अवस्था रहेकाले आन्तरिक खपत बढाउने उद्देश्यसहित उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी अघि बढाइएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिले महसुल घटाउने सम्भावित उपायबारे अध्ययन गरिरहेको छ।

समितिमा उर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ सदस्य छन्। समितिको बैठक आज अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बस्दैछ। बैठकमा विद्युत् महसुल पुनरावलोकन तथा ‘सिजनल ट्यारिफ’ लागू गर्ने विषयमा छलफल हुने जनाइएको छ।

Bizshala
CG Motors

वर्षायाममा विद्युत् उत्पादन उच्च हुने तर माग सोही अनुपातमा नबढ्दा ठूलो परिमाणमा बिजुली खेर जाने अवस्था छ। यस्तो अवस्थामा विद्युत्को आन्तरिक खपत बढाउन वर्षायामका लागि छुट्टै सहुलियत दर निर्धारण गर्ने तयारी गरिएको हो।

‘सिजनल ट्यारिफ’ लागू गर्दा वर्षायाममा उपभोक्ता तथा उद्योगले तुलनात्मक रूपमा सस्तो दरमा विद्युत् प्रयोग गर्न पाउनेछन्। यसबाट विद्युत् खपत बढ्नुका साथै प्राधिकरणलाई हुने विद्युत् खेर जाने तथा त्यसबाट सिर्जित आर्थिक क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्योग क्षेत्रलाई समेत यस्तो सहुलियत दिने तयारी भइरहेको शाहीले बताए। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.