बिहीबार, असार ११,२०८३ 03:46:32
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:46:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालकै पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा

Laxmi Sunrise Bank Limited
नेपालकै पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा

काठमाण्डौ । नेपालकै पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले मोरङको लेटाङमा निर्माण गरेको  ३३÷११ केभी क्षमताको नेपालकै पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा ल्याएको हो ।

उक्त सबस्टेशनको गत असार ५ गते सफल परीक्षण, सञ्चालन परीक्षण तथा चार्जिङ सम्पन्न गरिएको थियो । यो सबस्टेशन देशकै पहिलो अटो रिकलोजर तथा स्काडा नियन्त्रण प्रणालीमा आधारित मानवविहीन सबस्टेशन हो ।

New Office
CG Motors
Garima Development Bank

यो सबस्टेशन प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरअन्तर्गत करिब १० करोड रुपैयाँमा निर्माण गरिएको हो । यसले लेटाङ नगरपालिका तथा बेलबारी नगरपालिका क्षेत्रका हजारौँ विद्युत् उपभोक्ता लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यस परियोजनामा प्रयोग गरिएको स्काडा प्रणालीमार्फत सबस्टेशनलाई निगरानी र नियन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.