शुक्रबार, असार १९,२०८३ 04:12:38
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 04:12:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हावाहुरी र प्राविधिक कारणले देशका केही क्षेत्रमा विद्युत आपूर्ति प्रभावितः प्राधिकरण

Laxmi Sunrise Bank Limited
हावाहुरी र प्राविधिक कारणले देशका केही क्षेत्रमा विद्युत आपूर्ति प्रभावितः प्राधिकरण

काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले अत्यधिक गर्मी, हावाहुरी, वर्षा तथा अन्य प्रतिकूल मौसमका साथै विभिन्न प्राविधिक कारणले देशका केही स्थानमा बेला–बेलामा विद्युत आपूर्तिमा अवरोध तथा असन्तुलन देखिएको जनाएको छ। यस्तो अवस्थामा विद्युत दुर्घटना, आपूर्ति अवरोध वा अन्य विद्युतसम्बन्धी गुनासो भए तत्काल प्राधिकरणको हटलाइन नम्बर ११५० वा सम्बन्धित प्रादेशिक कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणका अनुसार सूचना प्राप्त हुनासाथ सम्बन्धित कार्यालयलाई तत्काल परिचालन गरी समस्या समाधान गर्ने व्यवस्था गरिएको छ। विद्युत प्रणालीमा आएको प्राविधिक, प्राकृतिक तथा आकस्मिक अवरोधका कारण सेवाग्राहीमा परेको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै विद्युत आपूर्ति यथाशीघ्र पुनःसञ्चालन गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

प्राधिकरणले विश्वसनीय, गुणस्तरीय, सुरक्षित तथा भरपर्दो विद्युत सेवा उपलब्ध गराउनु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै विद्युत प्रणालीको सुदृढीकरण तथा सेवाको गुणस्तर सुधारका कार्य निरन्तर जारी रहने जनाएको छ। साथै, यस अवधिमा सेवाग्राहीहरूले देखाएको धैर्य, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विद्युतसम्बन्धी गुनासोका लागि हटलाइन ११५० बाहेक सम्बन्धित प्रादेशिक कार्यालयका प्रमुख तथा वितरण केन्द्रका सम्पर्क नम्बरमार्फत पनि जानकारी दिन सकिने प्राधिकरणले जनाएको छ। वितरण केन्द्रहरूको सम्पर्क विवरण र ‘नो–लाइट’ नम्बर प्राधिकरणको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.