बुधबार, भाद्र ३१,२०८३ 02:04:45
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 02:04:45
Bizshala
Global IME Bank Limited

प्राइम सेरामिक्सलाई विद्युत प्राधिकरणबाट ‘अति महत्वपूर्ण उपभोक्ता’को सम्मान

प्राइम सेरामिक्सलाई विद्युत प्राधिकरणबाट ‘अति महत्वपूर्ण उपभोक्ता’को सम्मान
New Office

काठमाण्डौ । प्राइम सेरामिक्स प्रालिले हालै नेपाल विद्युत प्राधिकरण, मधेश प्रादेशिक कार्यालय जनकपुरद्वारा प्रदान गरिएको अत्यन्त महत्वपूर्ण उपभोक्ताको रूपमा सम्मान प्राप्त गरेको छ।

विसं २०७९ मा प्राइम सेरामिक्सले उच्च विद्युत खपतसहित नियमित रूपमा महसुल भुक्तानी गर्दै आउनुका साथै उद्योग क्षेत्रको बृहत योगदानका आधारमा प्रदेशका उत्कृष्ट १० उपभोक्ताहरूमा पर्न सफल भएको हो। यस उपलब्धिको कदर स्वरूप नेपाल विद्युत प्राधिकरणले सम्मान–पत्र प्रदान गरेको छ।

Shivam Cement
Bizshala
CG Motors

उक्त सम्मानपत्र प्राइम सेरामिक्सको उत्पादन क्षमताको प्रमाण मात्र नभई, उद्योगले राष्ट्रिय विकास र आत्मनिर्भर नेपाल निर्माणमा पुर्याएको योगदानको पनि प्रमाण हो। देशकै एकमात्र भित्ते तथा फ्लोर टायल्स निर्माण गर्ने उद्योगको रूपमा प्राइम सेरामिक्सले ‘मेड इन नेपाल’ अभियानलाई सशक्त बनाउँदै आएको कम्पनीले जनाएको छ।

सम्मान ग्रहण गर्दै प्राइम सेरामिक्सका उपाध्यक्ष शेखर मॊडुलाले भने, ‘यस सम्मानले हामीलाई अझ प्रेरित बनाएको छ। हामी सधैं गुणस्तरीय उत्पादन, समयमै सेवा र राष्ट्र निर्माणप्रतिको प्रतिवद्धतामा अडिग छौं।’

Muktinath Bikas Bank Limited

प्राइम सेरामिक्सले आगामी दिनहरूमा पनि दिगो विकास, स्वदेशी उत्पादन र उपभोक्ता सन्तुष्टिलाई प्राथमिकता दिँदै अझ सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.