काठमाण्डौ । पोखरा महानगरपालिका क्षेत्रमा शुक्रबारदेखि चार दिनसम्म बिहान बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गत पोखरा ग्रिड महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो।
शुक्रबारदेखि मङ्गलबारसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने जनाइएको छ।
पोखरा उपत्यकामा विद्युत् आपूर्ति गर्ने कुँडहर सबस्टेशनको १३२ केभी बसबार मर्मत कार्यका कारण दैनिक पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने सूचनामा उल्लेख छ।
मर्मत कार्य सम्पन्न भएपछि सोमबार बिहान ११ बजेदेखि विद्युत् सेवा नियमित रूपमा सुचारु हुने जनाइएको छ ।

